दोलखा ।
दोलखाको भीमेश्वर नगरपालिका– ५ धरमघरमा ट्रक दुर्घटना हुँदा सहचालकको मृत्युको भएको छ । दुर्घटनामा परी चालक भने गम्भीर घाइते भएका छन् । नवलपरासीबाट लामोसाँघु–जिरी सडक आयोजनामा निर्माण सामग्री लिएर आउँदै गरेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार सहचालकको मृत्यु भएको हो ।
ना७ख ३२६८ नम्बरको ट्रक भीमेश्वर नगरपालिका–५ धरमघरमा दुर्घटना हुँदा चितवन राप्ती नगरपालिका– ९ रसौली बस्ने अन्दाजी २४ वर्षीय बुद्धिबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्रकका चालक ३० वर्षीय अर्जुन बराल घाइते भएका छन् । घाइते बरालको चरीकोट अस्पतालमा उपचार भइरहेको दोलखाकी प्रहरी निरीक्षक रुक्सा बज्राचार्यले जानकारी दिइन् । मृतकको शव पोस्टमार्टमका लागि चरीकोटस्थित शवगृहमा राखिएको छ । उक्त ट्रक चरीकोट–जिरी सडक विस्तार आयोजनाको निर्माण कम्पनी उडहिल लामा जेभीको निर्माण सामग्री बोकेर दोलखा आएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया