Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेचा र थुलुङ जोड्ने पुल जीर्ण

नेचा र थुलुङ जोड्ने पुल जीर्ण


सोलुखुम्बु ।
सोलुखुम्बुको थुलुङ दुधकोशी र नेचासल्यान गाउँपालिका जोड्ने ढोरेणी झोलुङ्गे पुल जोखिमपूर्ण बनेको छ । नेचासल्यान गाउँपालिका वडा नम्बर २ सल्यान र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ लाई जोडने सोलुखोलाको पुल जोखिमपूर्ण बनेको स्थानीय प्रकाश भटराईले जानकारी दिए ।

करिब ३५ वर्षअघि निर्माण भएको उक्त पुलको काठ मक्किएर काम नलाग्ने अवस्थामा पुगेको स्थानीयको भनाइ छ । सोही पुलबाट सवारीसाधनदेखि नागरिकहरू आवतजावत गर्ने भए पनि मर्मतमा ध्यान नदिँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको भटराईको भनाइ छ । मर्मत गर्नुपर्ने जिम्मा पाएका वडा अध्यक्षले समेत सोही पुल हुँदै सवारीसाधानमार्फत वारिपारि गर्नेगरेका छन् ।

तर पनि मर्मतका लागि भने कुनै पनि पहल हुन सकेको छैन । यसरी हेर्दा जनप्रतिनिधिले समेत पुल मर्मतमा ध्यान नदिएको आभास हुने स्थानीयको भनाइ छ । जसले गर्दा स्थानीयहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । यता नेचासल्यान गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भेषकुमार बास्तोलाले पनि पुल जोखिमपूर्ण रहेको स्वीकार गर्दैै चाँडै मर्मत गरिने बताए । पुल जीर्ण अवस्थामा रहेको छ । यसलाई मर्मत गर्नका लागि आफूहरू लाग्ने उनको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया