नबिल बैंक र डोटीको सायल गाउँपालिका तथा बैतडीको पञ्चेश्वर गाउँपालिकाबीच सम्झौता
काठमाडौँ ।
नबिल बैंक र डोटीको सायल गाउँपालिका तथा बैतडीको पञ्चेश्वर गाउँपालिकाबीच सम्झौता भएको छ । बैंकले स्थानीय बासिन्दाको अर्थिक गतिविधिमा सहयोग पु¥याउने उद्देश्यअनुरूप विभिन्न गाउँपालिकामा रहेका शाखामार्पmत स्थानीय निकायसँग समन्वय गरी साना तथा मझौला व्यवसायका साथै कृषिसम्बन्धी कार्यक्रममा सहयोग पु¥याउनको लागि स्थानीय निकायसँग सम्झौता गरेको हो ।
सोही उद्देश्यअनुरूप यही पुुस पाँच गते सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेल र यही पुस छ गते पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दसँग नबिल बैंकका सहायक महाप्रबन्धक गणेशप्रसाद अवस्थीको उपस्थितिमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्दबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सो कार्यक्रममा जनप्रतिनिधि, स्थानीय व्यवसायी, व्यापारी, महिला उद्यमी, कृषक एवं विभिन्न राजनीतिक दलहरूका प्रतिनिधि समेतका उपस्थिति थिए । उक्त कार्यक्रममाथि प्रकाश पार्दै नबिल बैंकका सहायक महाप्रबन्धक अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिकाअनुरूप व्यावसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशीलतामा आधारित सहुलियत पूर्ण कर्जाको माध्यमबाट स्थानीयको आर्थिक विकासमा बैंकले के–कस्तो योगदान दिन सक्छ भन्ने विषयमा स्पष्ट पारे ।
गाउँपालिकाका अध्यक्षद्वय तेजबहादुर डुम्रेल र गोरखबहादुर चन्दले, बैंक र गाउँपालिकाबीच सम्झौता प्रशंसा योग्य रहेको धारण व्यक्त गरे । सो कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले यो सम्झौताबाट सो क्षेत्रको कृषि तथा उद्यमशीलताको क्षेत्रमा व्यापक परिवर्तन ल्याउनका साथै गाउँको आर्थिक विकासका गतिविधिमा थप टेवा पुग्ने धारणा व्यक्त गरे । बैंकले एक सय १९ वटा शाखाहरू, एक सय ८५ वटा एटीएमहरूको विशाल संरचना र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापीरूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत सेवाप्रदान गरेर आफ्ना सबै स्टेक होल्दरहरूसँगै अघि बढ्ने विश्वास राखेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया