बेलायत र फ्रान्सबीच पारवहन सहज तुल्याउन सहमति
लण्डन ।
बेलायतमा नयाँ किसिमको कोरोनाभाइरस फैलिएको भन्दै फ्रान्स र बेलायतबीच अन्तर–सीमा यात्रामाथि बेलायतले लगाएको अबरोध हटाउन दुबै देशबीच बुधबार सहमति भएको छ । बेलायतको आपूर्ति व्यवस्थामै खलल पर्न लागेको अवस्थामा बेलायतले ४८ घण्टादेखि जारी अन्तर–सीमा यात्रा खुकुलो बनाउन लागिएको हो ।
एएफपीका अनुसार बेलायतमा कोभिड–१९ को नयाँ स्वरुपमा परिणत भएको र यो कोरोनाभाइरसभन्दा बढी संक्रामक रहेको तथ्य बाहिरिसँगै अधिकाँश युरोपेली मुलुकहरुले बेलायतीहरुको यात्रा र सामान आपूर्तिमाथि रोक लगाएका थिए । मङ्गलबार डोभरमा सयौं मालबाहक ट्रकहरुको ताँती देखिएको थियो ।
युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) पछिको अवस्थामा बेलायतमाथि आइपर्ने संकटको आँकलन गर्न जुझिरहेका प्रधानमन्त्री बोरिस जोन्सनमाथि पछिल्लो घटनाले थप चिन्तित बनाएको छ । बेलायती यातायात मन्त्री ग्रान्ट शाप्सले मङ्गलबार साँझ बेलायत र फ्रान्सबीच पारवहनको मामिलामा उत्पन्न समस्या सुल्झाउन सहमति भएको घोषणा गरेका थिए ।
सहमतिअनुसार अति जरुरी काम परेर यात्रा गर्न चाहने व्यक्तिलाई कोभिड–१९ को परीक्षणमा नेगेटिभ हुनुपर्नेछ । तर, उनले दक्षिणी केन्ट काउन्टीतर्फ मालबाहक ट्रकहरु नलैजान चालकहरुलाई आग्रह गरेका छन् । फ्रान्सेली यातायात मन्त्री जाँ–बाप्टिस्ट जेबारीले पनि हवाई यात्रा, डुङ्गा र युरोस्टार रेल बुधबार बिहानदेखि सुरु हुने जानकारी दिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया