Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकञ्चनपुर–डडेल्धुरा जोड्ने दैजी जोगबुडा सडक विस्तार

कञ्चनपुर–डडेल्धुरा जोड्ने दैजी जोगबुडा सडक विस्तार


कञ्चनपुर ।

कञ्चनपुर–डडेल्धुरा जोड्ने छोटोदूरीको दैजी जोगबुडा सडक विस्तार भइरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दुई जिल्ला जोड्ने छोटोदूरीको सडक विस्तार गर्न लागेको हो । कञ्चनपुरको बेदकोट नगरपालिका ६ मुसेपानीदेखि उत्तर डडेल्धुराको परशुराम नगरपालिका गैरिखान भित्री मधेश जोड्ने सडक विस्तारको काम तीव्र गतिमा भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

चालू आर्थिक वर्ष २०७७÷०७८ मा पूर्वाधार विकास कार्यालय कञ्चनपुरमार्फत उक्त सडक विस्तार भइरहेको हो । चुनेपानी क्षेत्रबाट गैरिखानसम्म जोडिने उक्त सडकको ट्र्याक खोल्ने, पर्खाल लगाउने, ह्युमपाइप र ढल निकासको काम भइरहेको छ । ३६ महिनामा निर्माण सम्पन्न गर्नुपर्नेमा निर्माण कम्पनी वाईआर उच्चकोटी जेभीले चार महिनामै निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । ६ किलोमिटर सडक ट्र्याक खोल्नेसहित पानीविच, दायाँबायाँ पर्खाल ढल निकास र ह्युमपाइप राख्ने कामको गत साउनमा निर्माण कम्पनी वाईआर उच्चकोटी जेभी र पूर्वाधार विकास कार्यालयबीच सम्झौता भएको थियो ।

निर्माण कम्पनीले सम्झौताअवागै काम सम्पन्न गरेर सडक हस्तान्तरण गर्ने योजनाका साथ अघि बढेको छ । करिब दुई सय मजदुर दैनिक लगाएर काम गरिरहेको छ । सडक बन्न थालेपछि स्थानीय हर्षित भएका छन् । कुनै बेला उक्त सडक गोरोटो बाटोजस्तै थियो, तैपनि मलास क्षेत्रका स्थानीय कसका विच सडकका आउने, मलास क्षेत्रका स्थानीयलाई शिक्षा, स्वास्थ्य, बजार आउजाउ गर्नका लागि जिल्ला सदरमुकाम अमरगढीभन्दा कञ्चनपुर सदरमुकाम महेन्द्रनगर नजिक पर्छ । मलासदेखि महेन्द्रनगर करिब २५÷३० किलोमिटर भए पनि जिल्ला सदरमुकाम झण्डै तेम्बर दूरीमा रहेका छन् । भित्री मधेश क्षेत्रका स्थानीयका लागि महेन्द्रनगर बजार नै नजिक भएकाले उनीहरूका लागि सहज हुने सोही सडक हुनेछ । परशुराम नगरपालिका ७ लामिगडाकी स्थानीय गोमादेवी बोहराले विगतभन्दा निकै स्तरीय सडक विस्तार भएको बताइन् ।

‘पहिलो यो सडक गोरोटाजस्तै थियो, हिँड्न पनि डर लाग्यो, कहिलेकाहीँ राती जंगलमा पुगे बीच जंगलमै रात काट्नुपथ्र्यो, ‘उनले भनिन्– ‘अहिले सडक विस्तारभएसँगै हामीलाई धेरै सुविधा भएको छ ।’ सडक विस्तारसँगै यातायातका सवारीसाधन समेत सञ्चालनमा आउने भएपछि आफूहरूलाई आवतजावतका साथै व्यावसायिक कामकाजका लागि सुविधा हुनेछ । ‘म यो सडकका ४० वर्षदेखि हिँड्दै छु, ‘उनले भनिन्, ‘यति राम्रो बन्ला भनेर कल्पना समेत गरेकी थिइनँ, खुसी लाग्यो ।’

परशुराम नगरपालिका ७ लामिगाडाकै अर्का स्थानीय सुदिप भट्टले चुनेपानी गैरिखान सडक विस्तारसँगै भित्री मधेश क्षेत्रका जनताको आर्थिक समाजिक रूपन्तरण हुने बताए । ‘भित्री मधेश क्षेत्रमा थुप्रै तरकारी तथा अन्नबाली उत्पादन हुन्छ, ‘उनले भने– ‘त्यसको बजारका लागि महेन्द्रनगर नै नजिकको बजार हो, सडक बनेसँगै हामीहरूले उत्पादन गरेका वस्तु बजारसम्म पु¥याउन सहज हुन्छ ।’ शिक्षक समेत रहेका स्थानीय देवबहादुर धामीले सडक निर्माणले शिक्षा, स्वास्थ्यलगायतका जनताको दैनिक जनजिविकासँग जोडिएका विषयमा लाभ हुने बताए । ‘भित्री मधेशका विद्यार्थीलाई समेत शैक्षिक हब रहेको महेन्द्रनगरमा अध्ययनका लागि सहज हुन्छ, ‘उनले भने– ‘यसअघि घुमाउरो बाटो भएर आउनुपथ्र्याे ।’ सडकसँगै शैक्षिक स्तरमा समेत वृद्धि हुने उनले बताए ।

बेदकोट नगरपालिका ७ मुसेपानीका स्थानीय शेरबहादुर बमले समेत सडक विस्तारसँगै भित्री मधेशको कृषि उत्पादनका वस्तु तथा सेवाले बजार पाउने बताए । ‘यो सडक परम्परागत सडक हो, ‘उनले भने– ‘यसअघि गोरेटो सडक हुँदा पनि मलास क्षेत्रका स्थानीयले टाउकोमा बोकेर कृषि उत्पादनका समान ल्याउँथे, अब सडक विस्तारसँगै यातायातका सवारी साधनमा ल्याउनेछन् ।’ स्थानीय एवं राष्ट्रिय जनमोर्चा कञ्चनपुरका युवा नेता महेशराज जोशीले सडक विस्तारसँगै स्थानीयको समाजिक आर्थिक अवस्था सुधार हुने बताए । ‘सडक नहुँदा सुत्केरीलाई स्टेचरमा बोक्नुपर्ने कहालिलाग्दो अवस्था थियो, ‘उनले भने– ‘नुन किन्न पनि महेन्द्रनगर आउनुपर्ने बाध्यता थियो ।’

बेदकोट नगरका प्रमुख अशोककुमार चन्दले दशकअघि यही सडक विस्तार गर्दा तत्कालीन गणेश सामुदायिक वनका अध्यक्ष समेत रहेका कञ्चनपुरका विद्यार्थी नेता सिके भट्टले अख्तियारको मुद्दा खेप्नुपरेको थियो । ‘०६७ सालतिर हामीले भित्री मधेशलाई सिधै कञ्चनपुर जोड्ने प्रयास गरेका थियौँ, ‘विद्यार्थी नेता समेत रहेका तत्कालीन गणेश सामुदायिक वनका अध्यक्ष भट्टले भने– ‘यतिबेला केही विकासविरोधी समूहले हामीलाई काम गर्दा अख्तियार पु¥याए, आज आएर सरकारले त्यही सडक सदर ग¥यो, खुसी लागेको छ ।’ स्थानीयबाट दूरगामी काम भएको टिप्पणी भइरहेको बताउँदै उनले ०५४ सालतिर तत्तकालीन जिल्ला विकास समिति कञ्चनपुरका सभापति ऋषि लुम्सालीकै पालादेखि सडक विस्तारको प्रयास भएको बताए । स्थानीय सरकार बेदकोट नगरपालिकाले सडक निर्माणको काममा बेला बेला अनुगमन एवं निरीक्षण गरेका छन् ।

बेदकोट नगरका मेयर अशोककुमार चन्दले सडक विस्तार अति आवश्यक रहेकोले सडक सुधारसँगै मलास क्षेत्रका स्थानीयलाई राजमार्गसँग जोडिने र उनीहरूको समाजिक, आर्थिक जिवनमा वृद्धि हुनुका साथै बेदकोट क्षेत्रका धार्मिक पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।

निर्माण कम्पनी वाईआर उच्चकोटी जेभीका प्रबन्ध निर्देशक निरन्जनप्रसाद भट्टले निर्धारित समयभन्दा अवागै काम सम्पन्न गरिने बताए । उनले सडकको गुणस्तरीय एवं काममा कुनै सम्झौता नहुने बताए । ‘गुणस्तर र काममा कुनै सम्झौता हुँदैन, ‘उनले भने– ‘सालका रुख छाडेर सर्प स्टाइलमा नाला निर्माण गरेका छौँ ।’ सडक निर्माणका लागि सबै क्षेत्रबाट सहयोग पाइएको बताउँदै उनले स्थानीयको पीडा देखेर पनि सडक निर्माणका लागि दैनिक आफू नै खटिरहेको उनले बताए । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी खेमराज भट्टले बन्दाताल चुनेवानी सिद्धसरोबर सडक निर्माणको काम निर्माण कम्पनीबाट तीव्र स्तरमा भइरहको बताए । इन्जिनियर समेत रहेका सूचना अधिकारी भट्टका अनुसार ६ किलोमिटर पानी पिचसहित दुवैतर्फ डेढ–डेढ मिटर छाडेर ५ मिटर सडक चौडाइ हुनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया