लुक्लामा चामलको मूल्य बढी लिएको उपभोक्ताको गुनासो
सोलुखुम्बु ।
सोलुखुम्बुको खुम्बु क्षेत्रका स्थानीयले नेपाल खाद्य व्यापार तथा कम्पनी लिमिटेड लुक्ला डिपोबाट वितरण हुने सहुलियत दरका चामल बढी मूल्यमा बिक्री भएको गुनासो गरेका छन् । कम्पनीको नियमअनुसार ६१ रूपैयाँ प्रतिकिलो पर्ने जिरा मसिना स्टीम चामल लुक्लामा ६८ रूपैयाँमा बिक्री भइरहेको उपभोक्ताको भनाइ छ । ताकिएको भन्दा बढी मूल्यमा चामल बिक्री भइरहेको स्थानीय लाख वीर तामाङले बताए ।
खुम्बुमा २५ किलोको एक बोरा चामलको मूल्य एक हजार पाँच सय २५ रूपैयाँ मूल्यमा उपलब्ध गराउनुपर्ने हुन्छ । तर अहिले खुम्बु क्षेत्रमा एक बोरा चामलको मूल्य एक हजार सात सय रूपैयाँ लिएको स्थानीय उपभोक्ताको भनाइ छ । एक हजार पाँच सय २५ रूपैयाँपर्ने चामलको मूल्य एक हजार सात सय तिर्नुपर्ने बाध्यता रहेको अर्का उपभोक्ता दिपक भुजेलले बताए ।
तर यता नेपाल खाद्य व्यापार तथा कम्पनी लिमिटेड सल्लेरी शाखाका प्रमुख सिद्धिनाथ मिश्रले भने सल्लेरीमा उपलब्ध भएको छुट अफर लुक्लामा लागू नभएका कारण मूल्य फरक परेको बताए । उक्त चामलको मूल्य लुक्लामा ६८ रूपैयाँप्रति किलो नै पर्ने भए पनि सल्लेरीमा विशेष छुट अफर चलिरहेकाले ६१ रूपैयाँ प्रतिकिलो पर्न गएको उनको भनाइ छ । लुक्लाका उपभोक्तालाई छुट अफरका बारेमा जानकारी नहुँदा भ्रममा परेको प्रमुख मिश्रले बताए । लुक्लामा ढुवानी महँगो पर्ने भएकाले केन्द्रको परिपत्रअनुसार छुट अफर नभएकोे खाद्य कम्पनी तथा व्यापार लिमिटेड सल्लेरी शाखाले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया