Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुख्यमन्त्री राईद्वारा योजनाविना नै छ अर्ब रुपैयाँ खर्च

मुख्यमन्त्री राईद्वारा योजनाविना नै छ अर्ब रुपैयाँ खर्च


विराटनगर ।
अविश्वास प्रस्तावको सामना गरिरहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू मातहत रहेको प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयबाट योजनाविना नै छ अर्ब रुपैयाँ खर्च गरेको पाइएको छ  । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भर्खरै मात्र पदमुक्त गरेपछि प्रदेश १ का पूर्वआर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईको आर्थिक अपारदर्सी क्रियाकलापको भण्डाफोर गरेका हुन् । पूर्वमन्त्री आङ्बोले मुख्यमन्त्री राइकै कारण प्रदेश १ सरकार वित्तीय संकटको अवस्थामा पुगेको दाबी समेत गरेका छन ।

मुख्यमन्त्री शेरधन राई र भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङका कारण प्रदेश सरकार वित्तीय संकटको अवस्थामा पुगेको भन्दै पूर्वमन्त्री आङ्बोले दीर्घकालीन योजनाको खर्च र अर्थ मन्त्रालयको सहमतिविना बजेटरी खर्च गर्दा प्रदेश १ सरकार नै नराम्रोसँग फस्न पुगेको खुलासा समेत गरेका छन् ।

मुख्यमन्त्री शेरधन राईले नेतृत्व गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्री नियुक्ति गरी राईले बजेट सुशासनको अवस्था अन्त्य गरी आफ्नो हैकमी तजबीजमा खर्च गरेका कारण यो अवस्था आएको मन्त्री आङ्बोले दाबी गरेका छन् । उनले मुख्यमन्त्री राईले स्रोत सुनिश्चित नगरी आफू मातहतमा रहेको पूर्वाधार मन्त्रालयले खर्च गर्दा बजेटमा असन्तुलन सुरू भएर अहिले यो अवस्था आएको बताएका छन् । मुख्यमन्त्रीविरुद्ध प्रदेश १ मा अविश्वासको प्रस्ताव दर्ता भएपछि पछिल्लो समय एकअर्काबीच आरोप प्रत्यारोप चलिरहँदा एकपछि अर्को गर्दै भ्रष्टाचार प्रकरणहरू सार्वजनिक हुने क्रम सुरु भएको छ ।

स्रोतका अनुसार मुख्यमन्त्री राईले अर्थका जानकार एक मात्र कर्मचारीलाई आफ्नो स्वार्थअनुसार काम नगर्दा मुख्यमन्त्रीले काज सरुवा गरी मुख्यमन्त्री कार्यालय लगेपछि बजेट सन्तुलन नै बिग्रेको छ । ती कर्मचारीले मुख्यमन्त्री राईले भनेअनुसार भौतिक पूर्वाधार मन्त्रालयले पेश गरेको छ अर्बको योजनामा बजेट दिन नसक्ने बताएका थिए । अर्थ मन्त्रालयले उक्त रकम दिन नसक्ने बताएपछि मुख्यमन्त्री राईले ती कर्मचारीलाई सरुवा गरिदिएका थिए ।

मुख्यमन्त्रीको ठाडो निर्देशनमा आर्थिक वर्षमा अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरेको पौने चार अर्ब रुपैयाँ खर्च भइसकेको स्रोतको दाबी छ । मुख्यमन्त्रीले बजेट बनाउँदै गर्दा उपसचिवको सरुवा गरेकाले अधिकृतको भरमा बजेट तयार गर्नुपरेपछि मुख्यमन्त्रीको हैकमका कारण प्रदेशमा आर्थिक संकट आएको जानकारहरूको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया