राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता
काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । बैंकका अनुसार सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलग–अलग सम्झौता सोमबार काठमाडौँमा सम्पन्न भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
पहिलो सम्झौता सहुलियतपूर्ण कर्जा लगानीसम्बन्धी रहेको छ । सम्झौतापश्चात् टाटा कम्पनीका व्यापारिक सवारीसाधन खरिद गरेर व्यवसाय गर्न चाहने उद्यमीहरूलाई सिप्रदी ट्रेडिङले आफ्नो तालिम केन्द्रमा आवश्यक तालिम प्रदान गरी तालिमप्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ र सोहीे उद्यमीहरूलाई बैंकले ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गत नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्नेछ ।
दोस्रोे सम्झौता निजी तथा व्यापारिक सवारी कर्जा लगानीसम्बन्धी रहेको छ । सम्झौतापछि टाटा कम्पनीका निजी तथा व्यापारिक सवारी साधन सिप्रदी ट्रेडिङमार्फत खरिद गर्न चाहने ग्राहकलाई बैंकले नियमानुसार कर्जा लगानी गर्नेछ । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको प्रतिस्पर्धी क्षमता बृद्धि गर्नको लागि ठूला व्यापारिक संस्थाहरूसँगको सहकार्य फलदायी हुने बताए । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले यस्तो सम्झौताले व्यक्तिको आयस्तर बढ्नुका साथै देशको अर्थतन्त्र उकास्न टेवा पुग्ने बताए ।
उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सम्झौताले दुवै संस्थाको व्यवसाय वृद्धिमा सघाउ पुग्ने बताए । बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा बैंकका विभागीय प्रमुखहरू विनयरमण पौडेल, पद्यमा लक्ष्मी जिसी, कम्पनी सचिव भोलानाथ पौडेल, सिप्रदी ट्रेडिङका भाइस प्रेसिडेन्ट सौरभ थपलिया, सेल्सप्रमुख सरद न्यौपानेलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया