मंगलबारे ।
इलाममा थप एउटा जलविद्युत् सञ्चालनमा आउने भएको छ । इलामको सिद्धिखोलाबाट ६ दशमलव ५ मेगावाटको जलविद्युत् सञ्चालन हुने भएको हो । रोङ गाउँपालिकामा र सूर्योदय नगरपालिकाको सिमाना बनाएर बग्ने सिद्धिखोलामा सिद्धि हाइड्रो सञ्चालन हुने भएको हो ।
आउने २०७८ साउनसम्ममा काम सम्पन्न गर्ने गरी काम थालिएको छ । रोङ–६ र सूर्योदय नगरपालिका–५ को खरबनी नजिकैको स्थानमा हेड ट्यांकी निर्माण गरिएको छ । तीन हजार ६ सय मिटरमुनि सुङतुङ र रोङ–६ को रामभेडेसम्म पाइप लाइन विस्तार गरी रामभेडेमा विद्युत्गृह निर्माण गरिने छ । दुई वटा पेल्टन टर्वाइन राखेर बिजुली निकाल्नका लागि करिब एक अर्ब २० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको इञ्जिनियर दिवस भट्टराईले बताए ।
यस खोलामा यसअघि लुम्बिनी हाइड्रोले १० दशमलव २ मेघावाट बिजुली निकाल्ने तयारी गरेको थियो तर खोलामा पानीको मात्रा कम भएकाले बढी विद्युत् निकाल्न नसकिने भन्दै ६ दशमलव ५ मेगावाट विद्युत् उत्पादनको तयारी थालिएको हो । आयोजना सञ्चालनका लागि रम्भ्याङबाट हेड ट्यांक र विद्युत् गृहसम्मको पहुँच मार्ग करिब निर्माण भइसकेको छ । कार्यालय सञ्चालनका लागि भवनसमेत निर्माण गरिसकिएको इञ्जिनीयर भट्टराईको भनाइ छ । यहाँबाट उत्पादित बिजुली फिक्कलमा रहेको ट्रान्समिसन लाइनसम्म लगेर केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।
गाउँमा जलविद्युत् सञ्चालनपछि स्थानीयवासी खुसीसमेत भएका छन् । गाउँगाउँमा सडक निर्माण हुने र आफ्नै ठाउँबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भन्दै उनीहरु खुसी भएका हुन् । साथै आफ्नो दायित्वको काम गरे अझ स्थानीयवासीको क्षमता विकास र वातावरणीय प्रभाव कम गर्ने खालका काम गरिने स्थानीय गोविन्द पौडेलको भनाइ छ । इलामका विभिन्न खोलामा एक दर्जन बढी जलविद्युत् सञ्चालनमा छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
- उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया