Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय बजार प्रवेश गर्दै चर्चित अमेरिकी अटो निर्माता

भारतीय बजार प्रवेश गर्दै चर्चित अमेरिकी अटो निर्माता


नयाँ दिल्ली ।
अमेरिकी अर्बपति एलन मस्कको कार कम्पनी टेस्ला अर्को वर्षको सुरुतिरै भारतीय बजारमा प्रवेश गर्ने भएको छ । भारतीय यातायातमन्त्री नितिन गडकरीले सोमबार यसबारे जानकारी दिएको भारतीय मिडियाले जनाएका छन् । विद्युतीय कार निर्माता कम्पनीले सन् २०२१ को सुरुतिरै बिक्री सुरु गर्ने र उत्पादन प्लान्टसमेत स्थापना गर्नसक्ने मन्त्री गडकरीले जानकारी दिएको द इन्डियन एक्सप्रेसले जनाएको छ ।

यद्यपि टेस्ला र मन्त्रीको कार्यालयले यसबारे जानकारी नदिएको रोयटर्सले जनाएको छ । भारतले पेट्रोलियम पदार्थको निर्भरता हटाउन र प्रदूषण नियन्त्रण गर्न प्रयास गरिरहेको छ । यसका लागि विद्युतीय सवारीसाधनलाई प्रवद्र्धन गर्ने नीति अघि बढाए पनि चार्जिङ स्टेसनलगायतका सम्बन्धित पूर्वाधार र उत्पादनमा लगानी जुटाउन सकेको छैन ।

टेस्लाले आफ्नो सबैभन्दा सस्तो मोडेल ३ कार भारतीय बजारमा ल्याउनलागेको हो । यसको मूल्य ५५ लाख भारुसम्म पर्नेछ । टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले आइतबार सन् २०२१ मा टेस्ला भारतीय बजार छिर्ने कुरा ट्विटमार्फत पुष्टि गरे पनि जनवरीमै भारत आउनेबारे एकीन नभएको बताएका छन् । गत अक्टोवरमा महाराष्ट्र सरकारले टेस्लालाई बोलाएको थियो । त्यसअघि नै मस्कले अर्को वर्ष भारत जाने बताएका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया