ल्यापटप र डेस्कटपको बिक्री माग धान्नै मुस्किल पर्ने गरी बढ्यो
अमेरिका ।
सन् २०२० मा ल्यापटप र डेस्कटप कम्प्युटरको बिक्री बढेको छ । आईफोनले सन् २००७ मा बजार प्रवेश गरेसँगै देख्न नपाएको ल्यापटप र कम्प्युटर डेस्कटपको बिक्री सन् २०२० मा पहिलोपटक लयमा देखिएको रोयटर्सले जनाएको छ । यसका बाबजुद उत्पादकहरुले भने महिनौँसम्म यसको माग धान्न मुस्किल पर्ने यस क्षेत्रका विज्ञहरुले बताएका छन् ।
महामारीका बेला अध्ययन अध्यापन र कतिपय कार्यालयीय कामसमेत अनलाइन माध्यमबाट हुनथालेपछि उक्त प्राविधिक उपकरणको बिक्री ह्वात्तै बढेको हो । कोरोना महामारीमा स्मार्टफोनको बिक्री समेत ह्वात्तै बढेको थियो तर ठूला डिभाइसको बिक्री यसअघि यसरी नबढेको बतााइएको छ । पान अमेरिकाका अध्यक्ष समेत रहेका हार्डवेयर उत्पादक एसर इन्कका ग्रेग प्रेनडर्गास्टले पूरै आपूर्ति प्रणाली कसिलो बनेको बताए ।
पीसी ल्यापटप र कम्प्युटरको शिपमेन्ट सन् २००८ मा ३० करोड हाराहारीमा भएको थियो । तर केही अघि मात्रै भने त्यो कम हुँदै २५ करोडमा झरेको थियो । सन् २०२० मा यो फेरि ३० करोडकै हाराहारीमा पुग्नसक्ने बताइएको छ । यो परिमाणमा शिपमेन्ट भए अघिल्लो वर्षभन्दा १५ प्रतिशत बढी हुनेछ । यस्तोमा ट्याब्लेटहरुको सिमेन्ट द्रुतगतिमा बढिरहेको छ । रिसर्च कम्पनी क्यानालिजका अनुसार पीसी र ट्याब्लेटले सन् २०२१ सकिँदासम्म १ अर्ब ७७ करोडको आँकडा छुनेछन् । यो भनेको सन् २०१९ को १ अर्ब ६४ करोडभन्दा बढी हो । महामारीमा यसको बिक्री झनै बढेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
- उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया