Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगुणस्तर मापन अभियानकै रूपमा अगाडि बढाऔँ : मन्त्री अर्याल

गुणस्तर मापन अभियानकै रूपमा अगाडि बढाऔँ : मन्त्री अर्याल


काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले खाद्यवस्तुको गुणस्तर परीक्षण र नियमनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाउन आग्रह गरेकी छिन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको बुधबार अनुगमन निरीक्षण गर्दै उनले अहिलेको जस्तो अनुगमन, निरीक्षण र ल्याब टेष्टले मात्रै नहुने बताइन् । घुम्ती टोलीमार्फत नियमितरूपमा अनुमन कार्यलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयहरूको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहेको उनले बताइन् । उनले क्षमता विकास तथा सेवा केन्द्रहरू थप्नुपर्ने आवश्यकता भएमा त्योसहितका योजना बनाउन समेत कर्मचारीहरूलाई निर्देशन दिइन् । नीति, नियम, ऐनहरू निर्माण गर्नुपर्ने क्षेत्रमा केही परिमार्जन गर्नुपर्ने भएमा त्यसमा समेत छलफल अगाडि बढाउन उनले आग्रह गरिन् । अहिलेसम्म भएका कार्यहरूको प्रशंसा गर्दै उनले भनिन्– ‘उपलब्ध स्रोतसाधनले जति कार्य गर्नुभएको छ त्यो राम्रो गर्नुभएको छ । तर, अब यतिले मात्र हाम्रो आवश्यकता पूरा हुँदैन, यसलाई बढाउनुपर्छ ।

आजभन्दा भोलि कसरी अझ राम्रो गर्ने भन्ने ढंगले तपाईंहरू अगाडि बढ्नुस् ।’ त्यस अवसरमा बोल्दै मन्त्रालयका कृषि सचिव डा. योगेन्द्रकुमार कार्की, पशुपन्छी सचिव डा. प्रेमनारायण कँडेलले खाद्य स्वच्छता कायय गर्न सबैले विशेष ध्यान दिएर अगाडि बढ्नुपर्ने बताए । मन्त्री अर्याललाई विभागका महानिर्देशक उपेन्द्र रायले विभागको ‘ब्रिफिङ’ गरेका थिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री अर्याल नियुक्त भएपछि मन्त्री अर्यालले मन्त्रालयअन्तर्गतका मातहत निकायहरूको ब्रिफिङ लिन सुरु गरेकी हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया