Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘अत्यावश्यकबाहेकको यात्रा नगर’

‘अत्यावश्यकबाहेकको यात्रा नगर’


बेइजिङ ।
चिनियाँ नागरिकलाई चाडपर्व मनाउन भन्दै अनाबश्यक यात्रा नगर्न सरकारले आह्वान गरेको छ । चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले अत्याबश्यक यात्रा मात्रै गर्न सबैलाई आह्वान गरेको हो ।

नयाँ वर्ष लगायतका चाडवर्षको अवसरमा मानिसहरू धेरै आवत जावत गर्ने भएकाले यस पटक रमाइलोका लागि गरिने यात्रा नगर्न आह्वान गरिएको मन्त्रालयले जनाएको छ । कोरोनाभाइरसको महामारी फैलिइरहेका बेला यात्रा गर्दा महामारी थप फैलिन सक्ने भएकाले यात्रामा रोक लगाइएको उनीहरूको भनाइ छ ।

यात्रा गर्नु नै पर्ने भएमा उच्च सतर्कता अपनाउन र स्वास्थ्य मापदण्डहरूको पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने वा साबुन पानीले हात धुने जस्ता सतर्कता अपनाउन जोड गरिएको छ । मन्त्रालयले पर्यटकहरूलाई पनि महामारीबाट बच्नका लागि उच्च सतर्कता अपनाउन आग्रह गरिएको जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया