बजार परिसूचक दुई हजार ६२ अंकमा
४९ अंकले बढ्दा चार अर्ब ४४ करोडको सेयर किनबेच
काठमाडौं ।
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको चौथो कारोबार दिन बजार परिसूचक ४९ दशमलव १७ अंकले उकालो लागेर दुई हजार ६२ दशमलव छ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन आठ दशमलव ८६ अंकले उकालो लागेर तीन सय ९१ दशमलव ३० अंकमा चढेको छ । यसदिन १२ वटा उपसमूहअन्तर्गत दुई सय आठवटा कम्पनीहरूको सेयर किनबेच भएका छन् । जसबाट ३९ हजार नौ सय ३५ पटकको कारोबारमा ९९ लाख १० हजार तीन कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम चार अर्ब ४४ करोड ६२ लाख २२ हजार पाँच सय ७९ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुल उपसमूहमध्ये दुईवटा समूहको सूचक ओरालो लागेका छन् भने १० वटा उपसमूहको सूचक उकालो लागेका छन् । वाणिज्य बैंक उपसमूहको सूचक ३० दशमलव ६९ अंकले उकालो लागेर १५ सय ५४ दशमलव ६४ अंकमा चढेकोमा ट्रेडिङ समूहको सूचक पनि एक सय ८२ दशमलव २३ अंकले उकालो लागेर दुई हजार एक सय ११ दसमालव ३८ अंकमा चढेको छ ।
यसैगरी जलविद्युुत् समूहको सूचक पनि १४ दशमलव तीन अंकले उकालो लागेर १५ सय ७७ दशमलव ८९ अंकमा चढेकोमा निर्जीवन बीमा समूहको सूचक पनि एक सय ४६ दशमलव आठ अंकले उकालो लागेर नौ हजार पाँच सय ३६ दशमलव ४७ अंकमा चढेको छ । जीवन बीमा समूहको सूचक पनि एक सय ५३ दशमलव ४५ अंकले उकालो लागेर १३ हजार दुई सय ९८ दशमलव ८२ अंकमा चढेकोमा लघुवित्त समूहको सूचक पनि ८५ दशमलव
आठ अंकले उकालो लागेर तीन हजार दुई सय ८५ दशमलव ६५ अंकमा चढेको छ । यीबाहेक फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचकहरू पनि क्रमशः एक दशमलव ६७, तीन सय ४८ दशमलव २१, ७३ दशमलव ६८ र शून्य दशमलव १८ अंकले उकालो लागेका छन् । होटल समूहको सूचक भने यसदिन १९ दशमलव २८ अंकले ओरालो लागेर १८ सय ८२ दशमलव ८३ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि शून्य दशमलव ७५ अंकले ओरालो लागेर दुई हजार एक सय १५ दशमलव १४ अंकमा झरेको छ ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको साल्ट टे«डिङ कर्पोरेसन नेपाल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर पाँच हजार सात सय १० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नागरिक लगानी कोषको सेयर मूल्य पनि नौ दशमलव ९९ प्रतिशतले बढेर ३३ सय ६८ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ ।
यीबाहेक हिमालयन डिष्ट्रिलरी प्रालि, मल्टीपर्पस फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेर चार सय ५० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको सेयर मूल्य पनि तीन दशमलव ७६ प्रतिशतले घटेर एक सय ७९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक रिलायन्स फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन शिवम् सिमेन्टको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १५ सय ८० रुपैयाँ अन्तिम मूल्यमा ३४ करोड ४४ लाख ६९ हजार चार सय ७९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनआईसी एसिया बैंकको पनि प्रतिकित्ता आठ सय ७० रुपैयाँ अन्तिम मूल्यमा ३२ करोड २३ लाख ६५ हजार चार सय ४३ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक हिमालयन डिष्ट्रिलरी प्रालि, नबिल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
एकैदिन १० वटा संस्थाद्वारा सेयर मूल्य समायोजन
एकैदिन १० वटा बैंक तथा वित्तीय संस्थाहरूले सेयर मूल्य समायोजन गरेका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेढ (नेप्से)का अनुसार साताको चौथो कारोबार दिन बुधबार तीनवटा वाणिज्य बैंकसहितका संस्थाहरूले सेयर मूल्य समायोजन गरेका हुन् ।
नेप्सेका अनुसार नबिल बैंकले ३३ दशमलव ५० प्रतिशत बोनस सेयर समायोजन गरी प्रतिकित्ता सेयर मूल्य एक हजार ३८ रुपैयाँ तोकेको छ । समायोजन अघि भने बैंकको प्रतिकित्ता सेयर मूल्य १३ सय ८६ रुपैयाँ रहेको थियो । यसैगरी छिमेक लघुुवित्त वित्तीय संस्थाले पनि २२ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य ११ सय ३५ रुपैयाँ तोकेको छ । बोनस समायोजनअघि उक्त संस्थाको प्रतिकित्ता १३ सय ८५ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको थियो । मञ्जुश्री फाइनान्सले पनि १८ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन सय २१ रुपैयाँ तोकको छ । बोेनस समायोजनअघि फाइनान्सको प्रतिकित्ता सेयर मूल्य तीन सय ७९ रुपैयाँ रहेको थियो ।
नेप्सेका अनुसार ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले पनि २७ दशमलव ४७ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य प्रतिकित्ता सेयर मूल्य १३ सय ५९ रुपैयाँ तोकेको छ । समायोजन अघि भने संस्थाको प्रतिकित्ता सेयर मूल्य १७ सय ३२ रुपैयाँ रहेको थियो । यसैगरी श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले पनि सेयर मूल्य समायोजन गरेको छ । फाइनान्सले सात दशमलव ३७ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य एक सय ८६ रुपैयाँ तोकेको हो ।
पछिल्लो पटक फाइनान्सको प्रतिकित्ता दुई सय रुपैयाँमा सेयर किनबेच भएको थियो । कृषि विकास बैंकले पनि १५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य चार सय २४ रुपैयाँ तोकेको छ । पछिल्लो पटक बैंकको चार सय ८८ रुपैयाँ अन्तिम मूल्यमा सेयर किनबेच भएको थियो । नेप्सेका अनुसार सोही दिन न्याग्दी ग्रुप पावर कम्पनीले पनि १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुई सय १८ रुपैयाँ तोकेको छ भने वोमी लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य सात सय तीन रुपैयाँ तोकेको छ ।
यसैगरी स्पर्श लघुवित्त वित्तीय संस्थाले पनि १९ दशमलव ५० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य आठ सय १३ रुपैयाँ तोकेको छ भने ग्लोबल आईएमई बैंकले पनि १४ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन सय सात रुपैयाँ तोकेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया