Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडिप्रोक्स लघुवित्तले नाडेपलाई गाभ्ने

डिप्रोक्स लघुवित्तले नाडेपलाई गाभ्ने


काठमाडौं ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई गाभ्ने भएको छ । गाभ्ने तथा गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) गर्ने नीतिअनुरूप डिप्रोक्सले नाडेप लघुवित्तलाई गाभ्नको लागि बुधबार सम्झौता गरेको छ ।

सम्झौतामा डिप्रोक्सका तर्फबाट अध्यक्ष दिपक खनाल र नाडेपका तर्फबाट अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरेका छन् । साथै रमेशकुमार रघुवंशीको संयोजकत्वमा नरेशमान प्रधान, हरिकृष्ण सुवेदी र वेदप्रसाद सिवाकोटी सदस्य रहनु भएको सयुक्त प्राप्ति (एक्विजिसन) समिति गठन गरेर सोही मितिदेखि लागू हुनेगरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

चितवन जिल्लाको भरतपुरमा केन्द्रीय कार्यालय रही देशको ७१ जिल्लामा एक सय २३ वटा शाखा कार्यालयहरूमार्फत करिब दुई लाख हजारभन्दा बढी ग्राहकहरूलाई डिप्रोक्सले लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया