दुईवटा वाणिज्य बैंकसहित एक दर्जन संस्थाहरूको बोनस समायोजन
काठमाडौं ।
दुईवटा वाणिज्य बैंकसहित एक दर्जज संस्थाहरूले बोनस सेयर समायोजन गरेका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार शुक्रबार मेगा र लक्ष्मी बैंकसहितका १२ वटा संस्थाहरूले बोनस सेयरको मूल्य समायोजन गरेका हुन् । सोमध्ये बुटवल पावर कम्पनीले १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य चार सय पाँच रुपैयाँ तोकेको छ । पछिल्लो पटक कम्पनीको प्रतिकित्ता चार सय ४५ रुपैयाँमा सेयर किनबेच भएको थियो । छ्याङ्दी हाइड्रोपावर कम्पनीले पनि पाँच प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य एक सय ५५ रुपैयाँ तोकेको छ । उक्त कम्पनीको पछिल्लो पटक एक सय ६३ रुपैयाँमा सेयर कारोबार भएको थियो ।
नेप्सेका अनुसार गुुडविल फाइनान्सले पनि आठ दशमलव ४० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य एक सय ९६ रुपैयाँ तोकेको छ । पछिल्लो पटक उक्त कम्पनीको प्रतिकित्ता दुई सय १३ रुपैयाँमा सेयर कारोबार भएको थियो । लक्ष्मी बैंकले पनि नौ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुई सय ६२ रुपैयाँ तोकेको छ । पछिल्लो पटक उक्त कम्पनीको प्रतिकित्ता दुई सय ८६ रुपैयाँमा सेयर कारोबार भएको थियो ।
यसैगरी मेगा बैंकले पनि १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुई सय ५० रुपैयाँ तोकेको छ । पछिल्लो पटक उक्त बैंकको प्रतिकित्ता दुई सय ७५ रुपैयाँमा सेयर कारोबार भएको थियो । शुर्या लाइफ इन्स्योरेन्स कम्पनीले पनि पाँच प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य छ सय ७४ रुपैयाँ तोकेको छ । पछिल्लो पटक उक्त कम्पनीको प्रतिकित्ता सात सय आठ रुपैयाँमा सेयर कारोबार भएको थियो । नेप्सेका अनुसार मेरो माइक्रोफाइनान्सले पनि १६ दशमलव ९४ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य आठ सय ६८ रुपैयाँ तोकेको छ । पछिल्लो पटक उक्त संस्थाको प्रतिकित्ता एक हजार १५ रुपैयाँमा सेयर कारोबार भएको थियो ।
पोखरा फाइनान्सले पनि पाँच प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य एक सय ६७ रुपैयाँ तोकेको छ । पछिल्लो पटक उक्त कम्पनीको प्रतिकित्ता एक सय ७५ रुपैयाँमा कारोबार भएको थियो । यसैगरी हिमालयन डिष्ट्रिलरी प्रालिले पनि ५० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन हजार पाँच सय २० रुपैयाँ तोकेको छ । पछिल्लो पटक उक्त कम्पनीको प्रतिकित्ता पाँच हजार दुई सय ८० रुपैयाँमा सेयर कारोबार भएको थियो । यीबाहेक लक्ष्मी लघुुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले पनि बोनस सेयरको मूल्य समायोजन गरेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया