माछापुच्छ्रे बैंकद्वारा थप छ शाखारहित बैकिङ सेवा विस्तार
काठमाडौं ।
माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप छ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको सूर्यविनायक नपा–०३, बालकोट, सिराहाजिल्लाको नरहा गापा–०३, नरहा, महोत्तरी जिल्लाको एकडारा गापा–०५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड गापा–११, रातापानी, झापा जिल्लाको शिवसताक्षी नपा–१०, माइधारा, झापा जिल्लाकै कन्काइ नपा–०९, घौलाडुब्बामा थप ६ शाखारहित बंैकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
देशका विभिन्न स्थानमा छ शाखारहित बैंकिङ सेवा थप भएसँगै बैंकको शाखारहित बैंकिङ सेवा एक सय ४८ पुगेको छ । ग्राहक सेवा केन्द्रको रूपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरूबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिनेछ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना एक सय ६० वटा शाखाहरूलगायत एक सय ४८ शाखारहित बैंकिङसेवा समेत गरीजम्मा तीन सय आठ स्थानबाट ग्राहकहरूमा सम्पूर्ण बंैकिङ सुविधाप्रदान गर्नुका साथै, बैंकको देशभर एक सय ९८ वटा एटीएमहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया