Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बंगलादेश बैंकद्वारा फ्रेन्डसिप फाउन्डेसनलाई रकम सहयोग

नेपाल बंगलादेश बैंकद्वारा फ्रेन्डसिप फाउन्डेसनलाई रकम सहयोग


काठमाडौं ।
नेपाल बंगलादेश बैंकले फ्रेन्डसिप फाउन्डेसन नेपाललाई रकम सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत, शुक्रबार काठमाडौँं महानगरपालिका वडा नं ३, पानीपोखरी, स्थित फ्रेन्डशिप फाउन्डेसन नेपाललाई तीन लाख रुपैयाँ रकम सहयोग गरेको हो ।

सो रकम फ्रेन्डसिप फाउन्डेसन नेपालले शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालय भवन निर्माणका लागि प्रयोग गर्नेछ । गोरखा केराबारी १ मा निर्माण हुन गइरहेको सो पुस्तकालयले स्थानीय विद्यार्थीलगायत बासिन्दाहरूलाई सहजरूपमा विभिन्न किसिमका पुस्तकहरू उपलब्ध गराउनेछ । बैंैकको प्रमुख कार्यालय कमलादी काठमाडाँमा भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्वारा फ्रेन्डसिप फाउन्डेसन नेपालका अध्यक्ष प्रकाशबाबु पौडेललाई रकम हस्तान्तरण गरेका थिए  ।

साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिक्तामा राख्दै आएको जानकारी गराएको छ । बैकले आफ्नो संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले सो नाराअनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरूको जीवनस्तर उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया