रंगशाला बनाउन अल्का अस्पतालद्वारा धुर्मुस–सुन्तली फाउन्डेसनलाई २५ लाख प्रदान
काठमाडौं ।
चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ । रंगशाला निर्माणाधीन स्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन् ।
रंगशाला निर्माणमा सहयोग पुग्ने हिसाबले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताए । धुर्मुस सुन्तली फाउन्डेसनका सीताराम कट्टेल धुर्मुसले थालेको एकल अभियानमा आफूहरू सहयोगी हातका रुपमा उभिन पाउँदा खुसी लागेको थापाको भनाइ थियो । ‘यसअघि पनि सीताराम कट्टेल धुर्मुसजीले सामाजिक काममा सफलता पाइसक्नुभएको छ’, थापाले भने, ‘रंगशाला बनाउने अभियान बढिरहेकाले काठमाडौंबाट चितवन आएर चेक हस्तान्तरण गरेको हुँ ।’
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ । रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ । २० बिघा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला ३० हजार दर्शक क्षमताको रंगशालामा चारवटा गेट रहनेछ । मुख्य गेटको डिजाइन स्तूपा रहनेछ । रंगशालासँगै अभ्यासका लागि दुईवटा छुट्टै अभ्यास मैदान समेत हुनेछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया