Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगत वर्ष टेस्लाले अनुमान गरेभन्दा बढी डेलिभरी ग-यो

गत वर्ष टेस्लाले अनुमान गरेभन्दा बढी डेलिभरी ग-यो


अमेरिका ।
सवारीसाधनको मागपूर्तिमा टेस्लाले सन् २०२० मा अनुमान गरेभन्दा बढी सफलता पाएको छ । शनिबार प्रकाशित रिपोर्टअनुसार सोचेभन्दा राम्रो डेलिभरी गर्न सफल भएको हो । तर टेस्लाका मालिक एलन मस्कको लक्ष्य भने पूरा नभएको रोयटर्सले जनाएको छ । यद्यपि उनले आफ्नो कम्पनीका टोलीप्रति सफलताको कोशेढुंगा पाएको भन्दै प्रशंसा गरेका छन् । ‘टेस्ला सुरु गर्दा मैले कम्पनी टिकाउन सकिनेमा १० प्रतिशत मात्रै सम्भावना देखेको थिएँ’, मस्कले ट्विट गर्दै भनेका छन् ।

कम्पनीले सन् २०२० मा ४ लाख ९९ हजार ५ सय ५० वटा सवारीसाधन डेलिभरी गरेको हो । जुन वालस्ट्रिटको ४ लाख ८१ हजार २ सय ६१ वटा सवारीसाधन डेलिभरी अनुमानको बढी भएको रिफाइनिटिभ डेटाले जनाएको छ । मस्कले गरेको अनुमानमा भने ४५० युनिट सवारीसाधन डेलिभरी पूरा भएन । विद्युतीय सवारीसाधन उत्पादक टेस्लाले पछिल्लो समय विद्युतीय सवारीसाधनको माग उच्च भएको फाइद उठाइरहेको छ ।

सन् २०२० मा मात्रै कम्पनीको सेयर मूल्य ७ सय प्रतिशतले बढेको छ । लगातार पाँच त्रैमासिकसम्म टेस्ला नाफामा गएको छ भने डिसेम्बरबाट एसएण्डपी ५०० सेयरबजारमा समेत टेस्ला सूचीकृत भएको छ । टेस्लाले वर्षको सुरुमा ५ लाख युनिट डेलिभरी गर्ने लक्ष्य राखेको थियो । अहिले पाएको डेलिभरी सफलतालाई पनि उसले सोचेअनुसारकै भनेको छ ।

युरोप र एसियाका नयाँ बजारमा टेस्लाले आशा जगाएको छ । यो सफलतामा चीनको शांघाईमा खोलेको नयाँ कार कारखानाले पनि ठूलै मद्दत गरेको छ । शांघाई अमेरिकी राज्य क्यालिफोर्नियापछिको दोस्रो र एकमात्र कार उत्पादनगृह हो । शांघाईमा उसले मोडेल वाई उत्पादन सुरु गरेको छ । चौथो त्रैमासिकमा क्यालिफोर्नियाको पालो अल्टो उत्पादन गृहले मात्रै १ लाख ८० हजार ५ सय ७० कार डेलिभरी गरेको छ । यसमा पनि १ लाख ६३ हजार ६ सय २८ कार डेलिभरीको पूर्वानुमान भंग गरेको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया