बजार परिसूचक २१ सय ६५ अंकमा
तीन दशमलव ५४ अंंकले घट्दा चार अर्ब ५६ करोडको खरिदबिक्री
काठमाडौं ।
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक तीन दशमलव ५४ अंकले ओरालो लागेर २१ सय ६५ दशमलव ४९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४७ अंकले ओरालो लागेर चार सय १३ दशमलव ६८ अंकमा झरेको छ ।
यसदिन १२ वटा उपसमूहअन्तर्गत दुुई सय छवटा कम्पनीहरूको कारोबार भएका छन् । जसबाट ४२ हजार पाँच सय १४ पटकको कारोबारमा एक करोड आठ लाख नौ हजार छ सय २५ कित्ता सेयर किनबेच भएका छन् । उक्त परिमाणमा सेयर किनबेच हुँंदा यसदिन कारोबार रकम चार अर्ब ५६ करोड ६३ लाख ८१ हजार एक सय ७८ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुुल उपसमूहमध्ये तीनवटा उपसमूहको सूचक उकालो लागेका छन् भने बाँकी नौवटा उपसमूहको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक नौ दशमलव २३ अंकले ओरालो लागेर १६ सय ३५ दशमलव ७० अंकमा झरेकोमा जीवन बीमा उपसमूहको सूचक ४६ दशमलव ६७ अंकले ओरालो लागेर १३ हजार आठ सय ९९ दशमलव ४२ अंकमा झरेको छ ।
यसैगरी ट्रेडिङ उपसमूहको सूचक पनि एक सय ४६ दशमलव ५७ अंकले ओरालो लागेर २३ सय ७० दशमलव ३३ अंकमा झरेकोमा लघुुवित्त उपसमूहको सूचक पनि पाँच दशमलव ९४ अंकले ओरालो लागेर ३३ सय ५२ दशमलव ७६ अंकमा झरेको छ । यीबाहेक होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष उपसमूहहरूको सूचक पनि क्रमशः २० दमसलव ९५, एक दशमलव ९५, १५ दशमलव ६५, पाँच दशमलव ६६ र शून्य दशमलव शून्य तीन अंकले ओरालो लागेका छन् ।
विकास बैंक उपसमूहको सूचक भने आज दुई दशमलव ९३ अंकले उकालो लागेर २१ सय ८६ दशमलव ९० अंकमा चढेकोमा जलविद्युुत् उपसमूहको सूचक पनि ५० दशमलव ५९ अंकले उकालो लागेर १६ सय ७४ दशमलव ३५ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि ५७ दशमलव ९१ अंकले उकालो लागेर नौ हजार आठ सय १८ दशमलव ८५ अंकमा चढेको छ ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको जनउत्थान सामुुदायिक लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर १९ सय ८१ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि नौ दशमलव ८७ प्रतिशतले बढेर पाँच सय २३ रुपैयाँमा किनबेच भएको छ ।
यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, घलेम्दी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको साल्ट टे«डिङ कर्पोरेसन नेपाल लिमिटेडको सेयर मूल्य छ दशमलव १६ प्रतिशतले घटेर ६४ सय ७० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको मूल्य पनि तीन दशमलव ५० प्रतिशतले घटेर १३ हजार आठ सय रुपैयाँमा किनबेच भएको छ । यीबाहेक हिमालयन डिष्ट्रिलरी प्रालि, विशाल बजार कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन शिखर इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १८ सय ९५ रुपैयाँ अन्तिम मूल्यमा ६९ करोड छ लाख ८७ हजार ६२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता २३ सय ८८ रुपैयाँ अन्तिम मूल्यमा २५ करोड ९० लाख ७२ हजार तीन सय २४ रुपैयाँको कारोबार भएको छ । यीबाहेक नेपाल पुनर्बीमा कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया