Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार

कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार


काठमाडौं ।
बुधबार थप चार सय नौ जनामा कोरोना पुष्टि भएको छ । योसहित हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १ सय ९३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा छ हजार ७ सय ६ नमूना परीक्षण गर्दा थप ४ सय ९ जना कोरोना पुष्टि भएको हो । जसमा १ सय ४४ महिला र २ सय ६५ पुरुष छन् ।

कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १ सय ९३ मध्ये दुई लाख ५६ हजार १ सय ६१ सङ्क्रमणमुक्त भएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १ सय ३३ छ । तीमध्ये १ हजार ६ सय ८ जना होमआइसोलेसनमा छन् । एक सय ९७ को आईसीयूमा उपचार भइरहेको छ । ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कोरोना सङ्क्रमणबाट हालसम्म एक हजार ८ सय ९९ को मृत्यु भएको छ ।

यसैबीच, प्रदेश नं. १ मा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय १० जना रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ३ सय ९१ जना होमआइसोलेसनमा, नोबेल मेडिकल कलेजमा सात, विराट मेडिकल कलेजमा चार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा तीन/तीन, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई जना उपचारमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका अनुसार अस्पतालमा उपचारार्थमध्ये पाँच जना आईसीयू र १४ जना सामान्य शय्यामा छन् । बुधबारसम्म २९ हजार ९ सय २८ सङ्क्रमितमध्ये २९ हजार ५६ डिस्चार्ज भएका छन् । सङ्क्रमण देखिएकामध्ये अहिलेसम्ममा ४ सय ६२ को मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ सय १४ जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट २ सय ६, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट चार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दुई, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजबाट एक/एक जना डिस्चार्ज भएका हुन् ।

पछिल्लो २४ घण्टाको अवधिमा १५ जना नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामा मोरङमा १० जनामध्ये विराटनगरमा सात, धनकुटाको धनकुटा नगरपालिकामा तीन र झापामा दुई जना छन् । हालसम्ममा प्रदेशमा दुई लाख १० हजार ७ सय २५ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया