काठमाडौं ।
देशको पूर्वाधार निर्माण क्षेत्रमा काम गर्दै आएको शर्मा एण्ड कम्पनी प्रालि ५५ वर्षमा प्रवेश गरेको छ । कम्पनीले स्थापना दिवसको अवसरमा रक्तदान तथा खाद्यान्न वितरण कार्यक्रमको आयोजना समेत गरेको छ ।
कम्पनीले वार्षिकोत्सवको अवसरमा बुधबार नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा करिब १ सय २५ जनाले रक्तदान गरेका थिए भने ७५ जना अशक्त तथा असहायहरुलाई खाद्यान्न वितरण गरिएको थियो । साथै कम्पनीले सामाजिक क्षेत्रका अन्य कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिएको छ । वि.सं. २०२२ सालमा कम्पनीका अध्यक्ष राधाकृष्ण शर्माबाट विधिवत् रुपमा सञ्चालनमा आएको कम्पनीले देशका महत्वपूर्ण निर्माण आयोजनाहरु समयमा नै सम्पन्न गरी हस्तान्तरण गरेको कम्पनीका प्रबन्धनिर्देशक रमेश शर्माले बताए ।
कम्पनीले समयमा नै निर्माणकार्य सक्ने गरी अब आउने अत्याधुनिक प्रविधिलाई प्रयोग गरेर विकास निर्माणकार्यलाई थप गुणस्तरीय तथा व्यवस्थित गर्न लागिएको प्रबन्धक शर्माले जानकारी दिए । कम्पनीको मातहत हाल ५ सय ९ बेडको वीर अस्पतालको भवन, मेडिसिटी अस्पताल, महान्यायाधिवक्ताको कार्यालय, सिटी सेन्टर, सेन्टर पार्क, मेलम्ची खानेपानी आयोजनाको १ सय ५० मिटर पाइप बिछ्याउने काम, सुन्दरीजलमा वाटर ट्रिटमेन्ट प्लान्ट निर्माणलगायतका महत्वपूर्ण परियोजनाहरु सञ्चालन भइरहेका छन् । कम्पनीले ५० लाखको अक्षय कोष स्थापना गरी सामाजिक कार्य पनि गरिरहेको शर्माले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया