दि गोको ब्रान्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ
काठमाडौं ।
दि गोले अग्रणी कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो ब्रान्ड दूत (ब्रान्ड अम्बासडर) घोषणा गरेको छ । अब श्रेष्ठ दि गो ब्रान्डका सबै रेन्जका विद्युतीय गाडीको ब्रान्ड दूतको भूमिकामा रहने कम्पनीले जनाएको छ ।
पहिलोपटक विद्युतीय सवारीसाधनको ब्रान्डलाई अनुमोदन गर्दै श्रेष्ठले भने, ‘हामीले यातायातको स्वरुप गम्भीरतापूर्वक मनन गर्न थालेको यो महत्वपूर्ण समय हो । इ–मोबिलिटीको आर्थिक र वातावरणीय फाइदा निकै ठूलो छ । हामीले विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्दै वातावरणीय हिसाबले दि गो नेपालको मार्ग प्रशस्त गर्नसक्छौँ ।
हामीले हाम्रो भविष्यलाई त्यसतर्फ लैजाने प्रतिबद्धता जनाउन सक्यौं भने मात्र शून्य उत्सर्जन र शून्य व्यवधानको भविष्य सम्भव छ ।’ पथप्रवर्तक योगदानका साथ नेपाली प्यासेन्जर भेहिकल उद्योगको क्रमभंग गर्न तयार रहेकोले दि गो आफ्नो क्रमिक विकासको महत्वपूर्ण चरणमा रहेको उनले बताए । आक्रामक तथा नविन बजार रणनीतिका साथ यी प्रस्तावहरु उपभोक्तामाझ पेस गर्नु पनि यस कम्पनीको लागि उत्तिकै महत्वपूर्ण विषय भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ‘सफलताका लागि विश्वास’को मान्यता बोक्ने दि गो र मदनकृष्ण श्रेष्ठका थुप्रै विशेषताहरु मिल्छन् । यो सहकार्यका साथ दि गोले नेपाली दर्शकलाई जोड्ने उत्साहपूर्ण यात्रा सुरु गरेको बताइएको छ । यो साझेदारी सुरु गर्नका लागि मदनकृष्ण श्रेष्ठसँग मिलेर शून्य उत्सर्जनको लक्ष्यलाई प्रवद्र्धन गर्ने दिगो विद्युतीय सवारीसाधनको अभियान सञ्चालन गर्न पाउँदा दिगो निकै उत्साहित रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया