Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकार परिवर्तन हुने हल्लाको पछि नलाग्न आग्रह

सरकार परिवर्तन हुने हल्लाको पछि नलाग्न आग्रह


विराटनगर ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकार परिवर्तन हुने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हादै उनले पछिल्लो राजनीतिक घटनाक्रमले केही अन्यौलता देखिएपनि अन्यौलतामा नपरी काम गर्न कर्मचारीहरूलाई आग्रह समेत गरे ।

आगामी माघ ७ गतेको प्रदेशसभापछि अन्यौलता हट्ने भन्दै उनले सरकार परिवर्तन हुने हल्लाको पछि लाग्नुपर्ने अवस्था नभएको दाबी गरे । साथै उनले अब आर्थिक मन्त्रालयको नेतृत्व ठीक ढंगबाट संचालन हुने दाबी गरे । केन्द्र र स्थानीय तहको प्रयोग लामो समयदेखि भए पनि प्रदेश संरचना नयाँ भएको तथा संघीयताको मुटु नै प्रदेश सरकार भएको उनको भनाइ थियो ।

साथै प्रदेश सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको बताउँदै उनले प्रदेश सरकारको मुटु पहिलो वर्ष राम्रै चले पनि दोस्रो वर्षको अन्त्यदेखि समस्या देखिँदै गएको आफूले पाएको बताए । मुख्यमन्त्री राईले भने, ‘चालू आर्थिक वर्षको बजेट प्रस्तुत भएर पारित भइसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहा भयो । प्रदेशको बजेट दुर्घटनाबाट अघि बढेको रहेछ ।’ समस्या पहिचान भएकाले उपचारको प्रक्रिया पनि सुरु भइसकेको मुख्यमन्त्री राईको भनाइ थियो ।

प्रदेश सरकारले सही र यथार्र्थपरक बजेट बनाउन नसकेको र वित्तीय अनुशासन कायम नभएको बारे विभागीय मन्त्रीलाई पटक–पटक सचेत गराएको पनि उनले बताए । उनले मन्त्रालयमा देखिएको बेथितिलाई पूर्णरूपमा निर्मुल गर्न निर्देशन दिएका छन् । प्रणालीको विकास हुन नसक्दा मुलुकको दिगो र व्यवस्थित विकास हुन नसकेको उनले बताए । प्रदेशमा प्रणालीको विकास गरि अनुसन्धानमा आधारित विकास कार्यअघि बढाइने उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया