Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअन्तिम कारोबार दिन पनि उकालो लाग्यो सेयर बजार

अन्तिम कारोबार दिन पनि उकालो लाग्यो सेयर बजार


काठमाडौं ।
सेयर बजार परिसूचक पुुनः उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक १५ दशमलव ९१ अंकले उकालो लागेर २१ सय ९४ दशमलव ४८ अंकमा पुुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव आठ अंंकले उकालो लागेर चार सय २१ दशमलव २२ अंकमा चढेको छ । यसदिन कुल १२ वटा उपसमूहअन्तर्गत दुई सय आठवटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसबाट ५० हजार नौ सय ३३ पटकको कारोबारमा एक करोड १७ लाख ६७ हजार चार सय ९२ कित्ता सेयर किनबेच भएका छन् । उक्त परिमाणमा सेयर किनबेच हुुँदा कारोबार रकम पाँच अर्ब ८७ करोड ४७ लाख आठ हजार दुई सय ७९ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुुल उपसमूहमध्ये अन्य उपसमूहको सूचक तीन दशमलव ५४ अंकले ओरालो लागेर १७ सय ८२ दशमलव २३ अंकमा झरेकोमा बाँकी उपसमूहको सूचक उकालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १३ दशमलव चार अंकले उकालो लागेर १६ सय ६० दशमलव ५५ अंकमा पुग्दा विकास बैंक समूहको सूचक पनि १० अंकले उकलो लागेर २२ सय १९ दशमलव ८४ अंंकमा पुगेको छ ।

यसैगरी जलविद्युत् समूहको सूचक पनि १० दशमलव ६४ अंकले उकालो लागेर १६ सय ७२ दशमलव १९ अंकमा पुगेकोमा लघुवित्त समूहको सूचक पनि ४६ दशमलव ५३ अंकले उकालो लागेर तीन हजार चार सय ५५ दशमलव ५९ अंकमा पुगेको छ । निर्जीवन बीमा समूहको सूचक पनि एक सय ४४ दशमलव ८६ अंकले उकालो लागेर १० हजार ७६ दशमलव ३७ अंकमा पुगेकोमा जीवन बीमा समूहको सूचक पनि ३८ दशमलव ८५ अंकले उकालो लागेर १३ हजार नौ सय ६३ दशमलव ११ अंकमा पुगेको छ । यीबाहेक टे«डिङ, होटल, फाइनान्स, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः एक सय १२ दशमलव ६१, पाँच दशमलव ९४, १० दशमलव ६४, एक सय १५ दशमलव ८३ र शून्य दशमलव शून्य एक अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको मल्टीपर्पस फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर एक सय ६५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको मिर्मिरे माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पनि नौ दशमलव ९२ प्रतिशतले बढेर १२ सय ४१ रुपैयाँमा कारोबार भएको छ ।

यीबाहेक आईएमई जनरल इन्स्योरेन्स कम्पनी, नारायणी डेभलपमेन्ट बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको एभरेष्ट बैंकको कन्र्भटेवल प्रिफरेन्सको सेयर मूल्य तीन दशमलव ८१ प्रतिशतले घटेर सात सय छ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको खानीखोला हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि तीन दशमलव ५७ प्रतिशतले घटेर एक सय आठ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक कालिका पावर लिमिटेड, पाँचथर पावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन प्रभु बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता तीन सय ८७ रुपैयाँ अन्तिम मूल्यमा ३१ करोड ७१ लाख ३६ हजार २७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको पनि प्रतिकित्ता १५ सय ४७ रुपैयाँ अन्तिम मूल्यमा २७ करोड ४४ लाख ३८ हजार ९६ रुपैयाँको सेयर कारोबार भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, हिमालयन डिट्रिलरी प्रालि आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया