Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंकद्वारा इलाम जिल्ला अस्पताललाई पाँच लाख रुपैयाँ सहयोग

प्रभु बैंकद्वारा इलाम जिल्ला अस्पताललाई पाँच लाख रुपैयाँ सहयोग


काठमाडौं ।
प्रभु बैंकले इलाम जिल्ला अस्पताललाई रकम सहयोग गरेको छ । बैंकले इलाम शाखा कार्यालयले इलाम जिल्ला अस्पतालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकका अनुसार उक्त शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले अस्पतालका मेसु डा. प्रभु शाहलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सो आर्थिक सहयोगमा अस्पतालमा जडान हुने एरो प्लान्टबाट व्यवस्थितरूपमा सफा खानेपानी वितरण हुने अपेक्षा गरिएको बैंकले जानकारी दिएको छ । साथै अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीहरूले सफा खानेपानी प्रयोग गर्न पाउने विश्वास पनि बैंकले लिएको छ ।

बैंकका अनुसार सहयोग रकम हस्तान्तरण कार्यक्रममा इलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होमबहादुर बस्नेत, इलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य इन्दिरा राई, समाजसेवी हिमाल कर्मचार्य र समाजसेवी रतनकुमार चौधरीलगायतको व्यक्तिहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया