Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहिमपातले सोलुखुम्बुको जनजीवन प्रभावित

हिमपातले सोलुखुम्बुको जनजीवन प्रभावित


सोलुखुम्बु, पुस २०
हिमपातका कारण सोलुखुम्बुको हिमाली भेगको जनजीवन प्रभावित बनेको छ । शुक्रबार बिहानदेखि मौसममा पर्वितन आएपछि हिउँ तथा पानी पर्दा स्थानीयको जनजीवन कष्टकर बनेको हो । खुम्बु क्षेत्र र जिल्लाको तल्लो भेगका केही स्थानका डाडाँपाखाहरु हिउँले सेताम्मे भएका छन् । खुम्बुक्षेत्रमा करिब एक फिट हाराहारीमा हिमपात भइरहेको स्थानिय फु्ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार हिउँ पर्ने क्रम लगातार भएकाले बिहानसम्म दुई फिटसम्म हिउँ जम्न सक्ने अनुमान गरिएको छ ।

हिउँपरेसँगै अहिले माथिल्लो क्षेत्रको तापक्रम घटेको छ । अहिले नाम्चेको तापक्रम घटेर माईनस २ डिग्री सेल्सीयस पुगेकाले चिसो धेरै भएको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले जानकारी दिए । यता सदरमुकाम सल्लेरी आसपासका क्षेत्रमा पनि हिउँ परेकाले चिसो अत्यधिक वृद्धि भएपछि जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् ।

सदरमुकाम सल्लेरीसहित नजिकबाट देखिने तामाखानीको पिके डाँडा, टाक्सिन्दु, वेनी जुभिङ्ग लगायत आधा दर्जन गाउँसहित आसपासका क्षेत्रहरुमा समेत हिउँ परेको छ । हिउँपानी परेपछि कृषकहरुमा भने उत्साह जागेको पाइएको छ । आलु रोप्ने समयम भएकाले अहिलेको पानी धेरै महत्वपुर्ण भएको कृषकहरुको भनाइ छ । केही दिनदेखि चिसो बढ्दै गएको अवस्थामा हिँउ परेपछि अत्याधिक चिसो बढेको छ । हिउँले गर्दा मानिसभन्दा पनि पशुपक्षीको दैनिकि कष्टकर बनेको कृषकहरुको भनाइ छ ।

हिउँ परेकाकारण सोलुखुम्बबाट राजधानी काठमाडौँको सडक यातायात प्रभावित भएको छ । शनिबार बिहान कुनै पनि यातायताका साधन काठमाडौ जान नसकेको ट्राफिक प्रहरी नारायण बहादुर बस्नेतल जानकारी दिए । दिउँसोको समयमा साना सवारी जिल्ला प्रवेश गर्ने पत्तालेबाट जिल्ला भित्रिए पनि ठूला सवारी भने भित्रिन नसकेको उनको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x