Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी कमर्सियल बैंकद्वारा मस्कट सार्वजनिक

सेञ्चुरी कमर्सियल बैंकद्वारा मस्कट सार्वजनिक


काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मस्कट सार्वजनिक गरेको छ । बैंकले शुुक्रबार आफ्नो दुईवटा मस्कट सार्वजनिक गरेको हो । बैंकको व्यवसाय प्रवर्द्धन, पहिचान र प्रचारप्रसार गर्नको साथै बजार विस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको छ । यसपछि सेञ्चुरीको बैंकिङ अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरू र तिनका प्रक्रियाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरूलाई जानकारी गराउनेछन् । सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझै मदत पुग्ने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया