Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने, आगामी नयाँ वर्षमा एकीकृत कारोबार

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने, आगामी नयाँ वर्षमा एकीकृत कारोबार


काठमाडौं ।
नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । संस्थाको यही पुुस २२ गते बसेको सञ्चालक समितिको तीन सय ३२औं बैठकले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने निर्णय गरेको हो । सोलगत्तै अर्थात् पुस २३ गते दुवै फाइनान्सका अध्यक्ष तथा सञ्चालकहरूले मर्जरसम्बन्धी प्रक्रिया अगाडि बढाउने विषयमा हस्ताक्षर गरेका छन् । सम्झौतामा नेपालमा फाइनान्सका तर्फबाट अध्यक्ष डा. हिरेन्द्रमान प्रधान र ललितपुर फाइनान्सका तर्फबाट सञ्चालक समितिका अध्यक्ष दिपक महर्जनले हस्ताक्षर गरेका हुन् ।

हाल नेपाल फाइनान्सको चुक्ता पुँजी ३१ करोड रुपैयाँ रहेको छ भने ललितपुर फाइनान्सको चुक्ता पुँजी २४ करोड रुपैयाँ रहेको छ । नेपाल फाइनान्सको हाल दुईवटा शाखा रहेका छन् भने थप छवटा शाखा तथा दुई वटा एक्सटेन्सन काउन्टर खोल्ने प्रक्रियामा रहेको छ । जसमध्ये छ वटा शाखाहरू उपत्यका बाहिर र दुई वटा एक्सटेन्सन काउन्टर उपत्यका भित्र खोल्छौँ, नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले भने । ललितपुर फाइनान्सको भने हाल तीनवटा शाखा रहेको छ । प्राप्तिपछि भने फाइनान्सको कुल शाखा संख्या १३ पुग्ने छ ।

ललितपुर फाइनान्स सिंगो ललितपुरवासीहरूको आस्थासँग जोडिएको फाइनान्स हो, यसमा धेरै सकारात्मक पक्षहरू रहेका छन् । विभिन्न कारणहरूले गर्दा वित्तीय अवस्था केही कमजोर रहेको भए पनि हामी त्यसलाई रिकभर गरेर सबल बनाउन सक्षम छौँ, प्रमुख कार्यकारी थपलियाले भने । प्रमुख कार्यकारी थपलियाका अनुसार चैतसम्म प्राप्तिको सबै प्रक्रिया पूरा गरेर नयाँ वर्ष अर्थात् वैैशाख एक गतेदेखि एकीकृतरूपमा कारोबार सुभारम्भ गर्ने लक्ष रहेको पनि प्रमुख कार्यकारी थपललियाले जानकारी दिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया