एलन मस्क संसारकै धनी
सकियो चार वर्षदेखिको बेजोसको दबदबा
काठमाडौं ।
कुल सम्पत्ति १ खर्ब ८५ अर्ब डलर नाघेसँगै विद्युतीय कार कम्पनी टेस्लाका मालिक एलन मस्क संसारकै धनी बनेका छन् । अमेजनका मालिक जेफ बेजोसले सन् २०१७ देखि लिएको उक्त स्थान लिन मस्क सफल भएका हुन् । मस्क टेस्लाका अतिरिक्त स्पेस एक्सका समेत मालिक हुन् । टेस्लाको यो वर्ष सेयर मूल्य आकाशिएको थियो ।
कोरोना महामारीले थिलोथिलो पारेको वर्ष मस्कको कम्पनीको सेयर भने सात सय प्रतिशतभन्दा धेरैले बढेको थियो । गत बुधबार संसारकै धनी बनेका उनको कम्पनी टेस्लाको बजार मूल्यांकन नै अहिले ७ खर्ब अमेरिकी डलर पुगेको छ । यो मूल्यांकन चर्चित प्रतिस्पर्धी कम्पनीहरु टोयोटा, फक्सवागन, ह्युन्डाई, जीएम र फोर्डको एकत्रित मूल्यांकनभन्दा धेरै भएको बीबीसीले जनाएको छ ।
मस्क निकै महत्वाकांक्षी अर्बपति हुन् । उनले चन्द्रमामा मान्छे पु¥याउनेदेखि मंगलग्रहमा मानव बस्ती बसाल्नेसम्मको महत्वाकांक्षा राखेका छन् । उनको महत्वाकांक्षा पूरा गर्न स्पेसएक्स नामक रकेट कम्पनी छ । रकेट लन्चलाई सस्तो पार्न उनको यो कम्पनीले महत्वपूर्ण भूमिका खेलेको छ । गत वर्षमात्रै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा स्पेस एक्सले वर्षौँपछि अमेरिकी भूमिबाट अन्तरिक्ष यात्रीलाई सफलतापूर्वक स्टेसन लगेर पृथ्वीमा अवतरण गरेको थियो । यसबाहेक एकपटक प्रयोग गरिसकेको रकेट पुनः प्रयोगमा ल्याउने कम्पनी समेत स्पेस एक्स हो ।
टेस्ला उनको विद्युतीय कार कम्पनी हो । अमेरिकामा मात्र उत्पादन हुँदै आएको यो कम्पनीका कार अहिले चीनमा पनि बन्नथालेका छन् । मस्कले चीनमा कारखाना नै खोलेर टेस्ला कार उत्पादन थालिसकेका छन् । चीन विश्वकै ठूलो कार बजार हो । सन् २०२१ लागिसकेको अवस्थामा कम्पनीले यही वर्ष विश्वको अर्को ठूलो कार बजार भारतमा पनि टेस्ला ल्याउँदै छन् । मस्क स्वयंले यसबारे बताइसकेका छन् ।
विश्वमा पेट्रोलियम सवारीसाधनले प्रदूषण बढाएको भन्दै विद्युतीय सवारीसाधनलाई जोड दिइरहँदा मस्कको कम्पनी टेस्लाले त्यसको फाइदा लिएको छ । खासगरी विभिन्न देशहरुले विद्युतीय कारलाई करलगाायतका कुरामा छुट सुविधा दिएका छन् । महामारीमा यो वर्ष थोरै अर्बपतिले मात्र धेरै सम्पत्ति कमाउन सफल भए । अमेजनका जेफ बेजोसदेखि मस्कसम्मले यो अवधिमा उच्च परिमाणमा सम्पत्ति जोडे । यसको पछिल्लो उदाहरण मस्क हुन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पक्राउ पुर्जी जारी भएका गाउँपालिकाका उपाध्यक्ष बराल सार्वजनिक कार्यक्रममा प्रहरी बेखबर
- एनपिएल: सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
- शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ: अध्यक्ष दाहाल
- दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
- महिला खेलाडीको सफलतामा बजेटको अभाव
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया