अमेरिकी राष्ट्रपति ट्रम्पको ट्विटर खाता सधैंका लागि बन्द
वासिड.टन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर खाता सधैँका लागि बन्द भएको छ । ट्विटर सञ्चालक कम्पनीले ‘एटदरेटरियलडोनाल्डट्रम्प’ नामक उनको खाता सधैँका लागि बन्द गरिदिएको घोषणा गरेको हो । उनको ट्विटर खाताबाट हिंसा फैलिने खतरा भएकाले हटाइदिएको कम्पनीका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
ट्विटरको भिडियोसम्बन्धी नीति विपरीतको भिडियो उनले राखेकाले खाता हटाउन बाध्य भएको कम्पनीको दाबी छ । अमेरिकाको संसदमा उनका समर्थकहरुले गरेको हिंसात्मक घटनासम्बन्धी भिडियो उनले ट्विटरमा राखेपछि ट्रम्पको सर्वत्र आलोचना भएको थियो । उनले हिंसा मच्चाउनेलाई देशभक्तको संज्ञा दिएपछि उनीविरुद्धको आक्रोश थप बढेको थियो ।
ट्विटरमा उनले राखेको भिडियो हटाउन सर्वत्र दबाब आएपछि ट्विटरले सुरुमा भिडियो हटाइदिएको थियो । त्यसपछि पनि उनले ट्विटरको दुरुपयोग गरेको भन्दै ट्विटरले उनको खाता केही समय बन्द गरिदिएको थियो । अहिले भने सधैँका लागि बन्द गरिदिएको हो । ट्विटरले हिंसा भड्किने कारण दिए पनि उनीविरुद्ध पहिलेदेखि नै आक्रोशित हुँदै आएको थियो । खासगरी सामाजिक सञ्जाल कम्पनीहरु फेसबुक र ट्विटरले अमेरिकामा कन्जरभेटिभ अर्थात् परम्परागत विचारधारालाई पहिलेदेखि नै रोक्दै आएको थियो ।
यसविरुद्ध ट्रम्प, उनको पार्टी रिपब्लिकन र सांसदहरुले आक्रोश व्यक्त गर्दै आएका थिए । संसदमा समेत यी कम्पनीका प्रमुखलाई बोलाएर स्पष्टीकरण लिइएको थियो । अहिले ट्विटरले लगाएको प्रतिबन्धलाई यसकै बदला र ट्रम्प छिट्टै सत्ताबाट बाहिरिने अवस्थामा गरिएको सुनियोजित कदमका रुपमा लिइएको छ । राष्ट्रपति ट्रम्पले राज्यशक्तिको दुरुपयोग गरेको र लोकतन्त्रलाई खिल्ली उडाएको भन्दै धेरैले आलोचना पनि गरेका थिए । अमेरिकाका केही सांसद र चर्चित व्यक्तिहरूले ट्रम्पको खातामाथि प्रतिबन्ध लगाउन वर्षौंदेखि माग गर्दै आएका थिए ।
बिहीबार पूर्वराष्ट्रपति बराक ओबामाकी श्रीमती मिसेल ओबामाले ट्विटरले ट्रम्पको राक्षसी व्यवहारमाथि रोक लगाउनुपर्ने र उनलाई स्थायी रूपमा निष्काशित गर्नुपर्ने बताएकी थिइन् । अमेरिकी संसद्ले राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको जितलाई औपचारिकता दिने प्रक्रिया अगाडि बढाइरहेका बेला ट्रम्पका सयौँ समर्थकहरूले संसद भवनमा प्रवेश गरेर हिंसा मच्चाएका थिए । हिंसामा परी चार जना सर्वसाधारण र एक प्रहरी अधिकारीको मृत्यु भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आज विश्वभर बाल दिवस मनाइँदै
- पक्राउ पुर्जी जारी भएका गाउँपालिकाका उपाध्यक्ष बराल सार्वजनिक कार्यक्रममा प्रहरी बेखबर
- एनपिएल: सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
- शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ: अध्यक्ष दाहाल
- दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया