Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार३ दशमलव ७ अंकले उक्लियो सेयर बजार

३ दशमलव ७ अंकले उक्लियो सेयर बजार


काठमाडौं ।
सेयर बजार परिसूचक पुुनः उकालो लागेको छ । अघिल्लो दिन उच्च अंकले उकालो लागेको सेयर बजार परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार पनि तीन दशमलव सात अंकले उकालो लागेर २२ सय ३९ दशमलव ४२ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९६ अंंकले उकालो लागेर चार सय २९ दशमलव ३९ अंकमा चढेको छ ।

यसदिन कुल १२ वटा उपसमूहअन्तर्गत दुई सय आठवटा कम्पनीहरूको सेयर किनबेच भएका छन् । जसबाट ४८ हजार ५३ पटकको सेयर कारोबारमा एक करोड ३५ लाख ६० हजार सात सय ८३ कित्ता सेयर किनबेच भएका छन् । यसबाट कुल पाँच अर्ब ५२ करोड ४८ लाख ३२ हजार नौ सय २३ रुपैयाँको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुल उपसमूहमध्ये सातवटा उपसमूहको सूचक उकालो लागेका छन् भने पाँचवटा उपसमूहको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक दुई दशमलव ८७ अंकले उकालो लागेर १७ सय २३ दशमलव १७ अंकमा चढेकोमा विकास बैंक उपसमूहको सूचक पनि २८ दशमलव ५९ अंकले उकालो लागेर २३ सय ३६ दशमलव ८८ अंकमा चढेको छ ।

निर्जीवन बीमा उपसमूहको सूचक पनि एक सय ७६ दशमलव ९३ अंकले उकालो लागेर १० हजार दुई सय ९२ दशमलव ३९ अंकमा चढेको छ भने जीवन बीमा उपसमूहको सूचक पनि एक सय ६१ दशमलव २९ अंकले उकालो लागेर १४ हजार एक सय सात दशमलव २३ अंकमा चढेको छ । यीबाहेक जलविद्युत्, फाइनान्स र सामूहिक लगानी कोष समूहको सूचकहरू पनि क्रमशः तीन दशमलव ३८, ११ दशमलव ५३ र शून्य दशमलव शून्य पाँच अंकले उकालो लागेका छन् । ट्रेडिङ समूहको सूचक भने यसदिन १३ दशमलव तीन अंकले ओरालो लागेर २५ सय २६ दशमलव ६९ अंकमा झरेकोमा होटल समूहको सूचक पनि चार दशमलव ५६ अंकले ओरालो लागेर १९ सय २० दशमलव ६५ अंकमा झरेको छ । यीबाहेक उत्पादनमूलक, अन्य र लघुवित्त समूहको सूचक पनि क्रमशः ४१ दशमलव ३२, १४ दशमलव ६९ र नौ दशमलव २३ अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको आरम्भ चौतारी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर आठ सय ९२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि नौ दशमलव ९३ प्रतिशतले बढेर सात सय ६४ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक युनाइटेड फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको मल्टीपर्पस फाइनान्सको सेयर मूल्य पाँच दशमलव ९५ प्रतिशतले घटेर एक सय ५८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेका गुर्खाज फाइनान्सको सेयर मूल्य पनि तीन दशमलव ७३ प्रतिशतले घटेर दुई सय ३२ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक सिभिल लघुवित्त वित्तीय संस्था, आशा लधुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन दिन सिद्धार्थ बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता चार सय ७२ रुपैयाँ अन्तिम मूल्यमा ४२ करोड ६२ लाख १२ हजार आठ सय १९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको प्रभु बैंकको पनि प्रतिकित्ता चार सय छ रुपैयाँ अन्तिम मूल्यमा २५ करोड १२ लाख ७३ हजार दुई सय आठ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनएमबी बैंक, सिभिल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया