सिद्धार्थ बैंकको ‘स्मार्ट टेलर’ सेवा
काठमाडौं ।
सिद्धार्थ बैंकले ‘स्मार्ट टेलर’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरूलाई डिजिटल प्रविधिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यका साथ बैंकले नयाँ सेवा स्मार्ट टेलर सञ्चालनमा ल्याएको जानकारी दिएको छ । यस सुविधा सञ्चालनपछि ग्राहकहरूले चेक वा एटीएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बैंक खाताबाट सहजै रकम झिक्न तथा निकाल्न सक्नेछन् जसले गर्दा ग्राहकहरूको समयको बचत हुनेछ र बैंकिङ सेवा अझ बढी सुविधाजनक हुनेछ ।
ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप (सिद्धार्थ बैंकस्मार्ट) बाट बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म मासिक १० लाख रुपैयाँसम्मको रकम निकाल्न सक्नेछन् । बैंकले कार्ड सेवा, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइनबाटै खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने सुविधाजस्ता विभिन्न डिजिटल बैंकिङ सेवाहरूप्रदान गर्दै आएको छ र आगामी दिनहरूमा पनि बैंकिङ सेवाहरूलाई अझ बढी आधुनिकीकरण गर्दै जाने उद्देश्य बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
- एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
- शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
- अर्गानिक र नेपाली मौलिक परिकार पाइने पलाँसेको दाउरा चुलो
- सानिमा बैंकको २०औँ साधारणसभा
- महालक्ष्मी विकास बैंकको हरित घर कर्जा
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘स्काइवाक टावर’मा छुट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया