एभरेष्ट बैंकको वार्षिक साधारणसभा
काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले सोमबार भर्जुअलरूपमा आफ्नो २६औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७६-७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।
सभाले सेयरधनीहरूलाई आव २०७६–०७७ का लागि पाँच प्रतिशत बोनस सेयर र पाँच दशमलव ५३ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैैंकले प्रस्तावित बोनस सेयर जारी भएपछि चुक्ता पुँजी वृद्धि हुने र नेपाल राष्ट्र बैंकको स्वीकृतिबमोजिम संस्थापक समूहको नौ दशमलव ९१ प्रतिशत सेयर सर्वसाधारण समूहमा परिणत भएपछि संस्थापक समूह र सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्र संशोधन गर्नुपर्ने प्रस्ताव छलफल गरी पारित गरेको छ ।
कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै जुममार्फत सेयरधनीहरूका धारणासमेत सामवेश गरेको बैंकले जनाएको छ । साधारणसभाबाट आगामी ४ वर्षका लागि सर्वसाधारण सेयरधनीहरूका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक नवीनभक्त श्रेष्ठ र श्रीमती उर्मिला श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
- एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
- शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
- अर्गानिक र नेपाली मौलिक परिकार पाइने पलाँसेको दाउरा चुलो
- सानिमा बैंकको २०औँ साधारणसभा
- महालक्ष्मी विकास बैंकको हरित घर कर्जा
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘स्काइवाक टावर’मा छुट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया