बैंक तथा फाइनान्स कम्पनीहरुले आज पूर्णकालीन सेवा दिने
काठमाडौं ।
बैंक तथा फाइनान्स कम्पनीहरुले आज बुुधबार पूर्णकालीनरुपमा वित्तीय सेवा उपलब्ध गराउने भएका छन् । नेपाल सरकारको राजस्व संकलन गर्ने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले आज पूर्णकालीनरुपमा सेवा उपलब्ध गराउन लागेका हुन् ।
राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कपनीको नाउँमा सार्वजनिक सूचना जारी गर्दै पूर्णकालीन सेवा सञ्चालन गर्नको लागि आग्रह गरेको थियो । राष्ट्र बैंकले उक्त सूचनामा भनेको छ, ‘नेपाल सरकारको राजस्व बुझ्ने प्रयोजनको लागि बुधबारका दिन नेपाल राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पूर्ण राजस्व संकलन गर्ने शाखा, काउन्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरहरु नेपाल क्लियरिङ हाउस लिमिटेड पूर्णकालीन रुपमा खुल्ला गर्ने निर्णय भएको हुुँदा सोहीअनुसार कारोबार सञ्चालन गरी राजस्व बुझ्ने तथा प्राप्त भएका राजस्व दाखिलासम्बन्धी चेकहरु सोही दिन क्लियरिङ गरी खातामा जम्मा गर्नुहुन यो सूचना जारी गरिएको हो ।’
यसैबीच राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै एकीकृत परिपत्र २०७६ को केही बुँदाहरुमा परिमार्जन गरेको जानकारी दिएको छ । उक्त दिन राष्ट्र बैंकले राष्ट्र बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, अनुमतिप्राप्त क वर्गका वाणिज्य बैंकहरु र राष्ट्रियस्तरका विकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दै एकीकृत परिपत्र २०७६ को केही बुँदाहरुमा परिमार्जन गरेको जानकारी दिएको हो ।
विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी परिपत्र संशोधन गरिएको र संशोधित परिपत्रअनुसार सामान आयात गर्दा बीमा र ढुवानीसम्बन्धी सेवाहरु लिँदा सम्भव भएसम्म नेपाली सेवा प्रदायकहरुलाई प्राथमिकता दिनुपर्नेछ । परिपत्रअनुसार सामान आयात व्यापारमा आवश्यक पर्ने बीमा र ढुवानीसम्बन्धी सेवाहरु लिँदा सम्भव भएसम्म नेपाली सेवा प्रदाकहरुलाई प्राथमिकता दिनुपर्नेछ ।
नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रद्वारा हस्ताक्षरित परिपत्रमा बोधार्थ नेपाल राष्ट्र बैंक गभर्नर, डेपुटी गभर्नरको कार्यालयसहित, राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, नेपाल बैंकर संघ, अध्यागमन विभाग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसहितका संस्थाहरुलाई प्रस्तुत गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- म्याग्दीमा करिब तीन हजार उद्योग
- दोहोरो अंकले घट्यो नेप्से
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया