राजेन्द्र शाक्य र बलराम उप्रेतीद्वारा स्युचाटारको जिसाको हाउजिङ कब्जा
काठमाडौं ।
स्युचाटारको २७ नम्बर कित्तामा रहेको ५४ रोपनी ११ आना २ पैसा जग्गामा जिसाको हाउजिङ डेभलपमेन्ट एण्ड कन्स्ट्रक्सन प्रालिले सञ्चालन गर्ने क्रममा व्यावहारिक समस्या परेपछि बाराका जग्गा व्यवसायी बलराम प्रसाद उप्रेती र सिन्धुुपाल्चोकका रमेशप्रसाद श्रेष्ठ भनिने देवी बहादुुर श्रेष्ठसँग बैंक कर्जा ११ करोड रुपैयाँ तिरेर आधा आधा हिस्सेदारको हैसियतमा हाउजिङ गरी बिक्री गर्ने भनी करारनामा गरे ।
करारनामा गरेका जितेन्द्र बहादुर श्रेष्ठ अहिले आफ्नो भाग आधा हिस्सा दिलाइपाऊँ भनी अदालत पुुगेका छन् । अदालतले आधा हिस्सा पाउने फैसला गरिसक्दा पनि आफ्नो सम्पत्ति नपाएर उनीहरु रन्थनिएका हुन् ।
जितेन्द्रले २०७३ जेठ ३२ गते बलराम प्रसाद र देवी बहादुरसँग करारनामा गरेका थिए । तर अन्तिम चरणमा देवी बहादुरले करारनामामा हस्ताक्षर गरेका थिएनन् । देवी बहादुर हाल शंखमूल बस्ने सिन्धुुपाल्चोक माङखा १ का बासिन्दा हुुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठका भाइ हुुन् । र उनलाई बोलीचालीमा रमेश श्रेष्ठ भनिने गरिएको छ । उनी खिचापोखरीमा रहेको पिपुल्स प्लाजासँग सम्बन्धित व्यक्ति हुुन् ।
करारनामापछि त्यसै दिन जितेन्द्र बहादुरले जिसाको हाउजिङको सेयर बलराम र लक्ष्मी पौडेलको नाममा नामसारी गरिदिएका थिए । एमओयूमा गरिएको सहमतिअनुसार करारनामामा देवी बहादुरलाई हस्ताक्षर नगराइएपछि नै जालसाजी सुरु भएको थियो । सेयर हस्तान्तरणपछि उप्रेतीले राजेन्द्र शाक्यलाई साधारणसभामा सहभागी गराए । त्यसको केही समयमा नै लक्ष्मी पौडेलको नाममा भएको सेयर राजेन्द्र शाक्यको नाममा हस्तान्तरण गरेका थिए ।
हाउजिङको आधा हिस्सा हिस्सेदार श्रेष्ठलाई थाहै नदिई कम्पनीको सेयर शाक्यलाई हस्तान्तरण मात्र गरिएन, उनको छोरा दिप्रश शाक्यको नाममा केही जमिन नामसारी समेत गरिएको थियो । राजेन्द्र शाक्य टाट उल्टेको गुुण समूहको सञ्चालक हुुन् । उनको प्रवेशपछि करारनामाको मतलब नै नगरी बलराम उप्रेतीले जिसाको हाउजिङको सबै सम्पत्ति कब्जा गरी आफूखुसी मनोमानी गरेको थाहा भएको छ ।
अहिले जितेन्द्र बहादुर श्रेष्ठले ५४ रोपनी ११ आना २ पैसा जमिनमा खोलेको जिसाको हाउजिङको जमिनमध्ये होटल मखमली प्रालिको नाममा नामसारी भएको छ भने त्यसपछिको धेरै जमिन नेपाल जनरल मार्केटिङ प्रालिको नाममा गरेको छ । बाँकी जमिनमध्ये केही जमिन दिप्रश शाक्य, पञ्चराम शाक्य र राजेन्द्र शाक्यको नाममा गरेको देखिएको छ ।
जग्गा नामसारी गरेर राख्ने दिप्रश शाक्य उही टाट उल्टेको गुण समूहका सञ्चालक राजेन्द्र शाक्यका छोरा हुुन् । त्यही हाउजिङको रकम खर्चेर बलराम उप्रेतीको नाममा केही जमिन राखिएको छ तर जसको हाउजिङ र जग्गा हो उसको नाममा केही पनि रहेको छैन र सबै जमिन राजेन्द्र शाक्य र बलराम उप्रेतीले मिलेर आफ्नो तजबिजीमा बिक्रीवितरण र नामसारी गरेर खाएका छन् ।
करारनामामा गरेर त्यसको कुुनै शर्त पनि पालना नगरी जितेन्द्र बहादुर श्रेष्ठको सम्पत्ति लुटेर बिक्रीवितरण गर्ने शाक्य र उप्रेतीको हाँकोडाँको अझै बढ्दै गएको छ । पहिला २७ कित्ता भएको जग्गा फुटाएर २९ कित्ता बनाई शाक्य र उप्रेतीले जितेन्द्र श्रेष्ठको सम्पत्ति बिक्रीवितरण गरेर मनपरी गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
- दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे
- नारायणी रङ्गशाला क्रिकेट मैदान स्तरोन्नति गरिँदै
- बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन
- उकालो लाग्यो शेयर बजार
- बागमती प्रदेशमा निःशुल्क स्वास्थ्योपचार गरिने
- जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र
- शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया