Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘व्यावसायिक क्षेत्रको समस्या चाँडै समाधान हुन्छ’

‘व्यावसायिक क्षेत्रको समस्या चाँडै समाधान हुन्छ’


काडमाडौं, पुस २०
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यावसायिक क्षेत्रमा देखा परेका समस्याको क्रमिक समाधान गर्न आफू र मन्त्रालय सधैँ कटिबद्ध रहने बताए । उनले निजी क्षेत्रसँग सहकार्य गरी परिणाममूलक नतिजा निकाल्न सरकार तयार रहेको भन्दै समग्र निजी क्षेत्रको धारणा प्रस्तुत गर्न समेत आह्वान गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा शुक्रबार मन्त्रालय गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री भट्टले चालू आर्थिक वर्षको पाँच महिनामा निकासीको तथ्यांक उत्साहप्रद रहेको उल्लेख गरे । उनले व्यापारघाटा न्यूनीकरण गर्न यो दिगो हुनुपर्ने र निर्यातयोग्य वस्तुहरुको देशगत एवं वस्तुगत रुपमा विविधीकरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै वस्तुको उत्पादनदेखि निकासी बजार तहसम्म प्रवर्द्धनात्मक कार्य गरी निकासी वृद्धि गर्नुको विकल्प नरहेको दाबी गरे ।

भेटमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई चेम्बरको तर्फबाट बधाई तथा कार्यकालको शुभकामना दिँदै चेम्बका अध्यक्ष राजेशकाजी श्रेष्ठले औद्योगिक व्यावसायिक ऐनले दिएको सुविधा सहुलियत आर्थिक ऐनले काट्न नहुने बताए । साथै उनले स्थानीय कर र अन्य करको चाप बढ्दै व्यवसायको लागत बढेको र विभागीयस्तरको अधिकार प्रत्योजनको प्रतिशत बढाउनुपर्ने र कम झन्झटिलो बनाउनुपर्ने बताए ।

वैदेशिक लगानी आकर्षित गर्दा स्वदेशमा उपलब्ध स्रोत र साधनको परिचालन हुने गरी लगानी बढाउन प्रोत्साहित गर्नुपर्ने र आपूर्ति व्यवस्थापनमा सरल, सहज र नियमित आपूर्ति व्यवस्था गर्न ‘बफर स्टक’को व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । पुराना ऐन कानुन खारेज गरी समयानुकूल ऐन कानुनको तर्जुमा गरी उपभोक्ता एवं व्यवसायीमैत्री कानुनको तर्जुमा र परिपालना गर्नुपर्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x