Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंक र प्रभु हस्पिटल एण्ड रेसर्च सेन्टरबीच सम्झौता

कुमारी बैंक र प्रभु हस्पिटल एण्ड रेसर्च सेन्टरबीच सम्झौता


काठमाडौँ ।
कुमारी बैंक र प्रभु हस्पिटल एण्ड रेसर्च सेन्टरबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले विरगञ्जस्थित प्रभु हस्पिटल एण्ड रेसर्च सेन्टरसँग स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता गरेको हो ।

सम्झौतामा बैंकका प्रदेश–२ का प्रमुख सिद्धार्थसिंह र प्रभु हस्पिटलका चिकित्सक अधिकृत अविषेक अर्यालले हस्ताक्षर गरेका हुुन् । उक्त सम्झौतापत्रअनुसार प्रभु अस्पतालका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा २० प्रतिशत र औषधिमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा पाँच प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

हालसम्म बैंकले आफ्ना देशव्यापी एक सय ९२ शाखा सञ्जाल, एक सय ५२ एटीएम, २३ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया