नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा
काठमाडौँ ।
नेपाल एसबिआई बैंकले २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले बैंकको आव २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आसार मसान्त २०७७ को वासलात, आव २०७६–०७७ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू समेत) पारित
गरेको छ ।
सभाले बैंकका सेयरधनीहरूलाई चुक्ता पुँजीमा नौ दसमालव ४७ प्रतिशतका दरले लाभांश (छ प्रतिशत बोनस सेयर र तीन दशमलव ४७ प्रतिशत) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ लि.’ को आव २०७६/७७ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
सभाले आव २०७७/७८ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेसर्स एसएआर एसोयिसट्स्, चाटर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने तथा गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्नेलगायत बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने तथा गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने तथा गराउने सम्बन्धमा आवश्यक कामहरू गर्न तथा गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया