आफ्नै प्रविधिमा विद्युतीय स्वचालित कार उत्पादन गर्न हुन्डाई र एप्पलबीच साझेदारी
सोल ।
कार कम्पनी हुन्डाई र स्मार्टफोन निर्माता एप्पलबीच साझेदारीमा आफ्नै प्रविधिको स्वचालित विद्युतीय कार उत्पादन गर्ने गरी सम्झौताको तयारी भएको छ । दुई कम्पनीले आगामी मार्चसम्ममा यससम्बन्धी साझेदारी सम्झौतामा हस्ताक्षर गर्ने र सन् २०२४ सम्ममा अमेरिकामा स्वचालित कार उत्पादन नै गर्ने रोयटर्सले जनाएको छ ।
कोरियाली आईटी न्युजमा प्रकाशित समाचारअनुसार हुन्डाई मोटर्सले गत शुक्रबार एक वक्तव्य जारी गर्दै एप्पलसँग यसबारे कुराकानी भएको बताएको थियो । कोरियाली सञ्चारमाध्यमका अनुसार सन् २०२७ मा दुई कम्पनीले स्वचालित विद्युतीय कार बजारमा ल्याउने योजना बनेको छ ।
यो समाचारसँगै हुन्डाईको सेयर समेत झण्डै २० प्रतिशतले बढेको रोयटर्सले जनाएको छ। यद्यपि हुन्डाई र एप्पल दुवैले समाचारबारे औपचारिक प्रतिक्रिया दिइसकेका छैनन् । आईटी न्युजले भने कार उत्पादन स्थल र उत्पादन क्षमताबारे समेत खुलाएर विस्तृतमै समाचार प्रकाशन गरेको छ ।
आईटी न्युजले पहिलो भर्सनको समाचारमा जर्जिया राज्यमा रहेको किया मोटर्सको फ्याक्ट्रीमा कार निर्माण गर्नलागेको बताएको थियो । त्यहाँ २०२४ सम्म १ लाख कार नै उत्पादन गर्ने योजना बनेको रिपोर्टमा जनाइएको छ । प्रस्तावित प्लान्टको पूर्णक्षमता भने वर्षको ४ लाख कार उत्पादन हुनेछ ।
किया मोटर्स हुन्डाईकै सम्बन्धनप्राप्त कम्पनी हो । उक्त रिपोर्टअनुसार हुन्डाई र एप्पलले अर्को वर्ष बेटा भर्सनको कार सार्वजनिक गर्ने योजना बनाएका छन् । रोयटर्सले गत महिना नै एप्पल स्वचालित कार उत्पादन प्रविधिमा अघि बढिरहेको जनाउँदै पेसेन्जर भेहिकल उत्पादनको लक्ष्य राखेको समाचार प्रकाशित गरेको थियो । आफ्नै नयाँ ब्याट्री प्रविधियुक्त कार २०२४ मा सार्वजनिक हुने जनाइएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया