एलन मस्कको स्टारलिंकलाई बेलायतमा स्वागत
लन्डन ।
अर्बपति एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवाले बेलायतमा अनुमति पाउने भएको छ । कम्पनीको इन्टरनेट बेलायतमा कतिपय व्यक्तिले प्रयोग नै गर्न थालिसकेका छन् । उक्त कम्पनीले गत महिना सीमित परीक्षण सुरु गरेको थियो । अफकमले नोभेम्बरमै यसलाई लाइसेन्स दिएको थियो । स्टारलिंकले सरकारी लगानीको वान वेबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
दूरसञ्चार क्षेत्रका विश्लेषकहरुले सेवाप्रदायकबीचको प्रतिस्पर्धाले उपभोक्तालाई स्याटेलाइट ब्रोडब्यान्डको मूल्य सस्तिने अनुमान गरेका छन् । मस्कले विश्वव्यापी रुपपमा ब्रोडब्यान्ड इन्टरनेट सेवा दिने योजना बनाएका छन् । यसका लागि ४२ हजार स्याटेलाइट प्रयोग हुनेछन् । मस्कको अन्तरिक्ष रकेट कम्पनी स्पेस एक्सले आठ सयभन्दा बढी स्याटेलाइट अन्तरिक्ष कक्षमा पठाइसकेको छ । सन् २०२६ सम्ममा १२ हजार स्याटेलाइट कक्षमा राख्ने मस्कको योजना छ ।
स्टारलिंकले साना स्याटेलाइट डिशहरुको परीक्षण अमेरिका र क्यानडामा सुरु गरेको थियो । स्टारलिंकको ब्रोडब्यान्ड पाउन बेलायती उपभोक्ताले गियरको लागि ४३९ पाउन्ड स्टर्लिङ र मासिक रुपमा थप ८४ पाउन्ड खर्च गर्नुपर्नेछ । स्टारलिंकबाट बेलायतको रिमोट क्षेत्रमा बस्नेलाई फाइदा पुग्ने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया