नयाँ सहकारी बैंक स्थापनाको तयारी
काठमाडौं ।
देशभरिकै सहकारी संस्थाको प्रतिनिधित्व हुनेगरी नयाँ सहकारी बैंक स्थापनाको तयारी थालिएको छ । मुलुकभरका करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबार राख्ने गरी नयाँ सहकारी बैंक स्थापना गर्न प्रक्रिया अघि बढाइएको हो । नयाँ सहकारी बैंकको नाम नेपाल सहकारी बैंक राख्ने प्रस्ताव गरिएको छ । प्रस्तावित नेपाल सहकारी बैंकको दर्ता प्रक्रिया सुरु गर्न प्रारम्भिक भेला माघ १७ गते काठमाडौँमा हुनेभएको छ ।
प्रारम्भिक भेला सम्पन्न गरी दर्ता प्रक्रियाका लागि सहकारी विभाग जाने तयारी गरिएको बैंक गठन कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले जानकारी दिए । प्रारम्भिक भेलासँगै विभागमा दर्ता प्रक्रिया गर्ने र राष्ट्र बैंकबाट स्वीकृत लिने प्रक्रिया अघि बढाइने उनले बताए । नेपाल सहकारी बैंकको नाममा दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेकोले भेलालगत्तै प्रक्रिया अघि बढ्ने र मुलुककै सहकारी क्षेत्रको सबैभन्दा ठूलो बैंक हुने पनि उनले जानकारी दिए ।
संस्था दर्ता हुन पाँच सय एक सहकारी संस्था आवश्यक पर्छ । हालसम्म करिब एक हजार संस्था दर्ता प्रक्रियामा सहभागी हुने तयारी रहेको उनले बताए । बैंकमा सदस्य सहकारी हुन आवेदक सहकारीले लगातार तीन वर्षदेखि नाफामा रहेको हुनुपर्नेछ । बैंक स्थापना हुन आवश्यकभन्दा बढी नै फाइल संकलन भइसकेको भण्डारीले बताए । ‘अहिले सञ्चालनमा रहेको सहकारी बैंकले सबै सहकारी संघसंस्थाको आवश्यक्ता पूरा गर्न सक्दैन’, उनले भने, ‘त्यसका लागि नयाँ बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाएका हौँ ।’ प्रारम्भिक चरणमा बैंकको सेयर पुँजी तीन अर्ब रूपैयाँ हुने भण्डारीले बताए ।
सहकारी ऐन–२०४८ मा भएको व्यवस्थाअनुरूप स्थापना भएको राष्ट्रिय सहकारी बैंक हाल सञ्चालनमा रहेको छ । तथ्याङ्कअनुसार सहकारी बैंकमा करिब १२ हजार मात्र सदस्य छन् । बैंकले सहकारी संघसंस्थाहरूसँग मात्र कारोबार गर्न पाउने व्यवस्था छ । नयाँ सहकारी ऐन २०७४ को परिच्छेद ८ को धारा ५३ मा सहकारी बैंक स्थापना गर्न पाउने व्यवस्था भएपछि नयाँ सहकारी बैंक खुल्न लागेको हो । नयाँ ऐनमा एकभन्दा बढी सहकारी बैंक गठन गर्न सकिने व्यवस्था उल्लेख गरिएको छ । हाल सञ्चालनमा रहेको राष्ट्रिय सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट बैंकिङ अनुमति पाएको छैन । सहकारी ऐन २०७४ को परिच्छेद ८ को धारा ५३ मा सहकारी बैंक स्थापना गर्न पाउने व्यवस्था छ । सो ऐनको धारा ५४ देखि ६० सम्म बैंकको विषयमा व्याख्या गरिएको छ ।
त्यसैगरी सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तीमा पाँच सय एउटा संस्था वा संघ हुनुपर्ने व्यवस्था छ । आवेदन दिने संस्था वा संघहरूको संयुक्त सेयर पुँजी कम्तीमा तीन अर्ब रूपैयाँ हुनुपर्ने, संयुक्त संस्थागत पुँजी कम्तीमा ५० करोड रूपैयाँ हुनुपर्ने प्रावधान राखिएको छ । सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था गरेको छ । बैंक दर्ता प्रक्रिया सुरु गर्न प्रारम्भिक भेलाका निर्णय, व्यावसायिक कार्ययोजना, सेयर पुँजी तथा शुल्कबापत संकलित रकमको भरपाई, स्वघोषणापत्र, विभागले तोकेबमोजिम एक दिवसीय पूर्वसहकारी शिक्षा प्राप्त गरेको प्रमाणपत्र उपलब्ध गराउनुपर्नेछ ।
हाल सञ्चालनमा रहेको सहकारी बैंकले सबै सहकारीलाई समेट्न नसकेको जनाउँदै ऐनअनुसार नया बैंक दर्ता प्रक्रिया सुरु गर्न भेला आयोजना गर्न लगिएको संयोजक भण्डारीले बताए । राजधानीको कार्की बेङ्क्वेटमा आयोजना हुने भेलामा आवेदन दिन र छलफल गर्न देशभरका सहकारीका प्रतिनिधि आउने भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया