Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेरो माइक्रोफाइनान्सको लाभांश पारित

मेरो माइक्रोफाइनान्सको लाभांश पारित


काठमाडौं ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गरेको छ । संस्थाको मंगलबार सम्पन्न भएको आठौँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १६ दशमलव ९४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ८९२ प्रतिशत नगद लाभांश अनुमोदन गरेको हो ।

यसबाहेक उक्त सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा ज्ञानुकृष्ण अधिकारी र बद्रीप्रसाद पुडासैनी निर्विरोध चयन गरेको छ । नौवटा प्रर्वद्धित बैंकका प्रतिनिधि सहभागी रहेको सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७६/७७ को फाइनान्सको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ ।

लघुवित्तका अध्यक्ष सञ्जिव मानन्धरले संस्था सञ्चालनको सातौँ वर्षमा संस्थाले पाँच अर्ब ८४ करोड ऋण लगानी गरी १८ करोड २१ लाख सञ्चालन मुनाफा आर्जन गरेको बताए । हाल चुक्ता पुँजी ८५ करोड ५१ लाख रूपैयाँ रहेको संस्थाले बोनस सेयर वितरणपश्चात् एक अर्ब कायम भएको बताए । संस्थाले एक लाख २५ हजारभन्दा बढी विपन्न घर परिवारलाई लघुवित्तीय सेवा दिइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया