कृषि विकास बैंकले १५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं ।
कृषि विकास बैंकले १४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले बुधबार भर्चुुअल माध्यमबाट वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले बैंकका करिब तीन लाखको संख्यामा रहेका सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनबापत शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ ।
बंैकले देशका अति दुर्गमदेखि सुगम ठाउँहरूमा गरी दुई सय ७६ वटा शाखाहरूबाट आधुनिक बंैकिङ सेवा पु-याउन सफल भएको छ । साथै नेपालका वाणिज्य बैंकहरूमध्ये कृषि विकास बैंक सबैभन्दा बढी अधिकृत पुँजी भएको बैंक हो । बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाको अध्यक्षतामा सम्पन्न भएको सभामा सेयरधनीहरूले उठाएका जिज्ञासाहरूलाई बैंकका अध्यक्ष निरौला र प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले स्पष्ट पारेका थिए ।
साथै सेयरधनीहरूबाट प्राप्त सुझावहरूलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे । भर्चुुअल माध्यमबाट भए पनि सभामा सेयरधनीहरूको बाक्लो उपस्थिति रहेको बैंकले जनाएको छ । उक्त साधरणसभामा विभिन्न निकाय÷संघ÷संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरू र बैंक सञ्चालक समितिका सदस्यहरू झक्कप्रसाद आचार्य, डा. हरिबहादुर केसी, सञ्जिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरागाई, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया