Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकद्वारा अनलाइनमार्फत राजस्व कर भुक्तानी प्रणाली सुरू

एभरेष्ट बैंकद्वारा अनलाइनमार्फत राजस्व कर भुक्तानी प्रणाली सुरू


काठमाडौं ।
एभरेष्ट बैंकले अनलाइनमार्फत राजस्व भुक्तानी प्रणाली सुरु गरेको छ । बैंकले फोन पेसँगको प्राविधिक सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयको साथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली सुरू गरेको हो । साथै बैंकका व्यवस्थापकहरुका अनुसार यो विद्युतीय भुक्तानी प्रणालीले ठूलो मात्रामा सेवाग्राहीलाई लाभ प्रदान गर्नेछ र हाल कोभिड १९ महामारीको समयमा कर भुक्तानी गर्न कर कार्यालयको भ्रमण गर्ने समस्या र लामो प्रक्रियाको अन्त्य गर्नेछ ।

कोभिड १९ को महामारीलाई विचार गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव (राजस्व) रामशरण पुडासैनीको उपस्थितिमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणालीको डिजिटलरूपमा उद्घाटन गरिएको हो । सो समारोहमा मधु कुमार मरासानी, महालेखानियन्त्रक, नेपाल सरकार, विनोद बहादुर कुँवर, महानिर्देशक, आन्तरिक राजस्व विभाग, दिवस कुमार सापकोटा, प्रमुख प्राविधिक अधिकृतका साथै फोन पे र बैंकका वरिष्ठ अधिकारीहरु पनि उपस्थित रहेका थिए ।

बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय शाखा सञ्जाल, प्रादेशिक कार्यालय, एक सय ३२ एटीएम बुथसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया