विजय लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं ।
विजय लघुवित्त वित्तिय संस्था लिमिटेडको आठौ वार्षिक साधारणसभाले आ.व. ०७६/०७७ को नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाको बुधबार सम्पन्न साधारणसभाले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै सभाले संस्थाको कायम जारी तथा चुक्ता पुँजीमा १९ प्रतिशतले वृद्धि गरी २६ करोड ६५ लाख ९७ हजार ४ सय ८५ रुपैयाँ पु-याउने प्रस्ताव समेत पारित गरेको छ ।
संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न सभाले संस्थाको आ.व. २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन, २०७७ असाढ मसान्तको वासलात तथा नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरु पारित गरेको छ । साथै सभाले आ.व. २०७७/०७८ मा लेखापरीक्षण कार्य गर्नका लागि साबिकका आर एण्ड एसोसिएट्सका सीए रबिन्द्र श्रेष्ठलाई पुनः नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । साथै सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफामा संशोधन प्रस्ताव समेत स्वीकृत गरेको छ ।
उक्त सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ति गर्ने वा एक आपसमा गाभ्ने गाभिनेसम्बन्धी आवश्यक सहमति र सम्झौता गर्नेलगायत गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्नसक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । कोभिड १९ को कारण हुनसक्ने संक्रमणको जोखिम र नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशनलाई समेत मध्यनजर गर्दै वार्षिक साधारणसभामा भौतिक रुपमा साथै भर्चुअल माध्यमबाट भाग लिनसक्ने गरी व्यवस्था मिलाइएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया