Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न

एनएमबी बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं ।
एनएमबी बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले बुुधबार कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडौँंमा सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । कोभिड १९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारणसभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधिमार्फत सञ्चालन गरी सेयरधनीहरूको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

सभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र तीन दशमलव दुई प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । उक्त सभाले बैंकले अधिकृत पुँजी १६ अर्बबाट वृद्धि गरी २० अर्ब रुपैयाँ पु-याउने प्रस्ताव पारित गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया