Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेजनविरुद्ध पार्लरले मुद्दा हाल्यो

अमेजनविरुद्ध पार्लरले मुद्दा हाल्यो


अमेरिका ।
सामाजिक सञ्जाल कम्पनी पार्लरले अमेजन कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । प्रविधि कम्पनी अमेजनले आफ्नो एपलाई हटाएर ‘एन्टिट्रस्ट’ कानुन उल्लंघन गरेको भन्दै मुद्दा दायर गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसा भड्काएको आरोपमा ट्विटरले उनको एकाउन्ट नै सदाका लागि हटाइदिएको थियो । परम्परागत विचारको नाममा सबै पोष्टलाई छुट दिएको आरोप पार्लरमाथि लगाइएको छ । उक्त एप प्रविधि कम्पनी अमेजनको अमेजन वेब सर्भिसको क्लाउड कम्प्युटिङ सर्भिसमा निर्भर रहेर ट्विटरको विकल्पको रुपमा काम गर्छ । पार्लर डोनाल्ड ट्रम्पका समर्थकमाझ चर्चित छ तर ट्रम्प स्वयं भने पार्लर प्रयोग गर्दैनन् ।

दर्जन बढी पोष्टहरु हिंसा भड्काउने खालका हुँदा पनि नहटाएकोले अमेजनले एपलाई गरिराखेको समर्थन फिर्ता लिएको थियो । त्यसविरुद्ध पार्लरले आफ्नो एपमाथि अन्याय भएको भन्दै संघीय अदालतमा मुद्दा हालेको बताइएको छ । तर अमेजनले भने पार्लरको दाबी खण्डन गरेको छ । पार्लर सन् २०१८ देखि सञ्चालनमा छ । ट्रम्प समर्थकले संसद कब्जा गरेपछि पार्लरमाथि सहयोगी कम्पनीले साथ छोडेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया