Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो ए–१५ सार्वजनिक

ओप्पो ए–१५ सार्वजनिक


काठमाडौं ।
ओप्पोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट ओप्पो ए१५ सार्वजनिक गरेको छ । ओप्पो ए१५ले प्रयोगकर्ताका दैनिक मनोरञ्जन र सञ्चार आवश्यकताको माग सहजै पूर्ति गर्ने कम्पनीको दाबी छ । यसमा एआई ट्रिपल क्यामेरा र ६.५२ इन्चको ठूलो स्क्रिन छ । लामो समयसम्म टिक्ने ब्याट्री, प्रशस्त सञ्चय क्षमतायुक्त ओप्पो ए१५ को डिजाइन पनि आकर्षक छ ।

ओप्पो ए१५ मा १३ एमपी क्षमताको मुख्य क्यामेरा र ४सीएम सम्मका क्लोज शट्स खिच्न २ एमपी क्षमताको म्याक्रो लेन्स छ । स्मार्टफोनमा ब्याकग्राउण्डलाई नेचुरल बोके इफेक्ट दिने २एमपी डेप्थ क्यामेरा जडान गरिएको छ । यसमा रहेको एचडीआर फिचरले प्रयोगकर्तालाई कम प्रकाश वा ब्याकलाइट भएका स्थानमा समेत उत्कृष्ट तस्बिर खिच्न सघाउँछ । त्यसैगरी, पोट्रेट बोके फिचरले पोट्रेट तस्बिर खिच्दा प्राकृतिक बोके ब्याकग्राउण्डका साथै ६ पृथक् पोट्रेट फिल्टर्स पनि उपलब्ध गराउँछ ।

कम्पनीका अनुसार ड्याजल कलर र एआई सिन रिकग्निशनको संयोजनमार्फत ओप्पो ए१५ले एआई सिन इन्ह्यान्समेन्ट सुविधा पनि दिन्छ । यसले २१ विभिन्न प्रकारका ल्याण्डस्केप र सिनिक शट्स ब्युटिफाई गर्ने क्षमता राख्छ । साथै, रि–अप्टिमाइज्ड फ्रण्ट र रियर फिल्टर्सले १५ स्टाइलिस फोटो फिल्टर्स र १० ब्रिलियन्ट भिडियो फिल्टर्स पनि उपलब्ध गराउँछ । ओप्पो ए१५को ५ एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतामा थप निखार देखाउने विकल्प पनि उपलब्ध गराउँछ ।

ओप्पो ए१५मा ८९ प्रतिशत स्क्रिन टू बडी रेसियोका साथमा ६.५२ इन्च वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ । यसको एचडी+ स्क्रिनले १६००×७२० रिजोलुसनको दृश्य सम्प्रेषण गर्छ । साथै, फोनमा आई कम्फर्ट फिल्टर्स, सनलाइट स्क्रिन र एआई ब्राइटनेसलगायत सुविधा पनि उपलब्ध छन् । ७.९ एमएम मोटाइसहितको ए१५मा थ्रीडी कभ्र्ड बडी र लुक्सलाई अझ आकर्षक देखाउन म्याट र ग्लसी टेक्स्चर सहितको थ्रीडी कोटिङको प्रयोग गरिएको छ । डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी ओप्पो ए१५ दुई आकर्षक रंगमा उपलब्ध गरिएको छ ।

कम्पनीका अनुसार यस फोनमा ३ जीबी -यामका साथमा ३२ जीबी आन्तरिक सञ्चय क्षमता पनि उपलब्ध गरिएको छ । साथै, यसलाई आवश्यकता अनुसार २५६ जीबी सम्म बढाउन सक्ने सुविधा पनि प्रदान गरिएको छ । फोनमा रहेको मिडियाटेक हेलियो पी३५ मिडियाटेक हेलियो पी३५ ओक्टा–कोर प्रोसेशर सहितको ओप्पो ए१५ले ब्याट्री मितव्ययिताका साथ सहज, तिब्र र विश्वासिलो कार्य सम्पादन सुविधा उपलब्ध गराउँछ ।

फोनमा मेमोरी डिफ्राग्मेन्टेशन २.० सुविधाका साथै फ्रेमबुस्ट र टचबुस्ट सहितको हाइपरबुस्ट २.१ फिचर पनि उपलब्ध गरिएको छ । साथै फोनमा एक दिन सहजै टिक्ने ४२३०एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ भने यसमा सुपर पावर सेभिङ मोड फिचर पनि उपलब्ध गरिएको छ । साथै फोनमा रियर फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक प्रविधि पनि उपलब्ध गरिएको छ ।

ओप्पो ए१५मा विभिन्न सुविधाजनक फिचर्सका साथमा समयसापेक्ष कलरओएस ७.२को प्रयोग गरिएको छ । नयाँ फोनमा प्रयोगकर्ताको सहजताका लागि यसमा अद्यावधिक कलर कन्ट्रास्ट सहित डार्क मोड फिचर उपलब्ध छ । थ्री–फिंगर स्क्रलिङ स्क्रिनशटले अब हराइजन्टल मोडका साथमा पीडीएफ डक्यूमेन्ट्स पनि सपोर्ट गर्छ ।

साथै, आइकन पुल डाउन जेस्चर र स्मार्ट साइडबारजस्ता सहजता उपलब्ध गराउने फिचर पनि फोनमा समाहित गरिएका छन् । कम्पनीले सोमबारदेखि ओप्पोका प्रमुख बिक्री केन्द्रमार्फत फोन देशभर उपलब्ध गराइएको जनाएको छ । उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी दुई आकर्षक रंग मध्यबाट आफ्नो चाहनाअनुसार फोनको छनोट गर्न सक्नेछन् । फोनमा ३जीबी -याम र ३२ जीबी रोमको ब्यवस्था गरिएको छ । ओप्पो ए१५को बजार मूल्य १८ हजार ५ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया